दिव्यज्योति धाम बनाउने लक्ष्य सहित आनन्दपुरमा महायज्ञ , सम्पुर्ण तयारी पुरा

0

पौष १,चितवन

भोलि बाट पश्चिम चितवनको आनन्दपुरमा रहेको राधाकृष्ण पञ्चाङ्ग मन्दिरको स्तरोन्नति का लागि श्रीमद्भाभागवत सप्ताह तथा धन धान्याचल विराट् ज्ञानमहायज्ञ हुने भएको छ ।

दिव्यज्योति सामुदायिक भजन मण्डली र राधाकृष्ण पञ्चाङ्ग मन्दिरका संयुक्त आयोजनामा भोलि पौष २ गते देखि ९ गते सम्म हुने ज्ञान माहायज्ञको सम्पुर्ण तयारी पुराभएको आयोजकले जानकारी दिएको छ । ऐतिहासिक राधाकृष्ण पञ्चाङ्ग मन्दिरको स्तरोन्नति, मन्दिरको लागि भूमि खरिद, मन्दिरको अक्षयकोष निमार्ण गरि दिव्यज्योति धामका रुपमा मन्दिरको विकास गर्ने उद्देश्यले ज्ञान माहायज्ञको आयोजना गर्न लागिएको महायज्ञका संयोजक चूडामणि खरेलले जानकारी दिनुभयो ।

श्रीमद्भाभागवत सप्ताह तथा धन धान्याचल विराट् ज्ञानमाहायज्ञ आयोजक समितिका सचिव रामहरि थापाका अनुसार भोलि महायज्ञको कलश यात्रा सहित शुभारम्भ गरिने छ । उहाँका अनुसार शोभा यात्रामा आयोजक, स्थानिय, विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरु सहभागी हुनेछन् । कलश सहित शुभाराम्भ हुने शोभा यात्रा मन्दिर प्राङ्गण हुदै भरतपुर ४ का विभिन्न ठाउँ जानकी चोक, जगनाथ चोक, शिबघाट, राममन्दिर , विशाल चोक , वर्मेली चोक हुदै मन्दिर हुदै मन्दिर प्राङ्गण प्रवेश गर्नेछ ।

आयोजकले महायज्ञबाट करिब १ करोड ५० लाख आर्थिक संकलन गर्ने लक्ष्य राखेको छ । भने ज्ञानमाहायज्ञमा युवा पण्डित नारायण प्रसाद गैरेले संगीतमय कथा वाचन गनुुहुनेछ ।

Share.

Leave A Reply