play_circle_outline On Air

नाइँट शो

play_circle_outline On Air

नाइँट शो

तेश्रो दिनमा अष्ट्रेलियालाई १७५ रनको अग्रता

0

पौष १,

पर्थमा जारी भारत विरूद्धको टेष्ट शृङ्खलाको दोश्रो टेष्टको दोश्रो पारीमा अष्ट्रेलियाले १७५ रनको अग्रता लिएको छ । उसले तेश्रो दिनको समाप्तिमा ४ विकेटको क्षतिमा १३२ रन बनाएको छ । उसका ओपनर मार्कस ह्यारिस २० रनमा जस्प्रित बुम्राहको बलमा बोल्ड भए ।एरोन फिन्च ४१ रनमा रिटायर्ड हर्ट हुँदा ट्राभिस हेडले १९ रन मात्रै जोड्न सके । भारतको तर्फबाट मोहम्मद सामीले २ तथा बुम्राह र इशान्त शर्माले एक-एक विकेट लिए । यसअघि दिनको खेल १७२ मा ३ विकेट गुमाएको स्थितिबाट सुरु गरेको मिन इन ब्लुले विराट कोहलीको शतकीय पारीको मद्दतमा २८३ रन मात्रै बनाउन सक्यो । पहिलो पारीमा घरेलु टोलीलाई महत्त्वपूर्ण अग्रता दिलाउन नाथन लियनले ५ विकेट लिए । त्यस्तै मिचेल स्टार्क र जोस हेजलहुडले २-२ विकेट लिँदा पाट्रिक कमिन्सले पनि एक विकेट हात पारे । भारतको तर्फबाट कोहलीले सर्वाधिक १२३ रनको योगदान गरे । यो उनको टेष्ट करियरको २५औं र अष्ट्रेलियामा छैठौं शतक हो । ४ टेष्टको शृङ्खलामा भारत १ – ० ले अगाडी रहेको छ ।

Share.

Leave A Reply