play_circle_outline On Air

जान्नु भए भन्नु

play_circle_outline On Air

जान्नु भए भन्नु

बोस्टन इन्डेभरको दोश्रो संस्करण पौष २५ देखि २८ सम्म

0

शिव गौतम

पौष १, भरतपुर ।

भरतपुर १० मा रहेको बोस्टन इन्टरनेशनल कलेजले प्लस टु र स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गर्दै बोस्टन इन्डेभरको दोश्रो संस्करण आयोजना गर्ने भएको छ । किताबी र सैद्धान्तिक ज्ञानलाई व्यवहारिक जीवनमा रूपान्तरण गर्न सघाउने बताइएको सो प्रतियोगिता आउँदो पौष २५ गतेदेखि २८ गतेसम्म चल्नेछ । प्रतियोगितामा भारत, बंगलादेश र देशभरका विभिन्न विश्वविद्यालयबाट सम्बन्धन लिएका २० वटा व्यवस्थापन संकाय पढाइ हुने क्याम्पसहरूको सहभागिता रहने आयोजक समितिका संयोजक राहुल अग्रवालले बताउनुभयो । उहाँका अनुसार एउटा कलेजबाट ६ जना विद्यार्थीहरूले सहभागिता जनाउन सक्नेछन् । सहभागिताका लागि प्लस टु कलेजले रु २ हजार पाँच सय तथा स्नातक तहले रु ६ हजार बुझाउनु पर्नेछ । प्रतियोगितामा विद्यार्थीहरूले मानव संशाधन र व्यवस्थापन, उद्यमशीलता, वित्तीय व्यवस्थापन, बजारशास्त्र, सामूहिक क्रियाकलाप र सियीओ विधामा प्रस्तुति दिने बताइएको छ । प्रतियोगितामा उत्कृष्ट हुने कलेजलाई स्नातक तहमा रु ७५ हजार र प्लस टुमा रु २५ हजारबाट पुरस्कृत गरिने आयोजकले जनाएको छ । यसका अतिरिक्त प्रतियोगिताका विभिन्न विधामा उत्कृष्ट प्रस्तुति गर्ने विद्यार्थीका लागि पनि विधागत पुरस्कारको व्यवस्था गरिएको आयोजक समितिका मेन्टर कमल सुवदीले बताउनुभयो ‌। आयोजक समितिले आज गरेको पत्रकार सम्मेलनमा बोस्टन इन्टरनेशनल कलेजका एमबीए कार्यक्रम डाइरेक्टर ऋषि चापागाईंले क्याम्पसमा विद्यार्थीले प्राप्त गर्ने शिक्षण सिकाइ र बजारबीच तालमेल नहुँदा विद्यार्थी अफ्ठेरोमा पर्ने गरेको बताउनुभयो । कार्यक्रममा कलेजका बीबीए बी.सी.आई.एस. कोर्डिनेटर नवीन श्रेष्ठ, बीबीए/बीबीए-बीआई मर्निङ कोर्डिनेटर ईश्वर सापकोटा लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कमेजमा बीबीए, बीबीए बी.आई., बी.बी.आइ.एस. तथा एमबीए तहका कक्षाहरू संचालनमा रहेका छन् ।

Share.

Leave A Reply