play_circle_outline On Air

जिबन गंगा

play_circle_outline On Air

जिबन गंगा

माडीको किर्तनपुरमा आज साझ भएको मोटरसाइकल दुर्घटनामा परि २ जना गम्भीर घाइते

0

मङ्सिर २०, माडीको बैकुण्डधामको मेला हेरेर फर्किने क्रममा आज साझ ६ बजे माडीको किर्तनपुरमा मोटरसाइकल दुर्घटना भएको छ।बसन्तपुरबाट देबेन्द्रपुरतर्फ जाँदै गरेको ना २४ प ५७०८ नम्बरको मोटरसाइकल र बिपरित दिशाबाट आउदै गरेको ना ५ प ५५७९ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खादा २ जना गम्भिर घाइते भएका छन् । घाइते हुनेहरुमा माडी नगरपालिका वडा नं. ८ निवासी शुरेस सुवेदी र माडी नगरपालिका वडा नं. ३ निवासी हरि महतो रहेका छन्।घाइते सुवेदीलाई बघौंडा अस्पतालमा प्राथमिक उपचारपश्चात थप उपचारका लागि भरतपुर ल्याइएको र अर्का घाइते महतोको बघौंडा अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय माडीले जानकारी दिएको छ । ना ५ प ५५७९ नम्बरको मोटरसाइकल धनि भने फरार छन् .दुवै मोटरसाइकललाइ इलाका प्रहरी कार्यालय माडीमा राखिएको र फरार व्यक्तिको खोजि कार्य भैरहेको बताइएको छ

Share.

Leave A Reply