play_circle_outline On Air

सिनर्जी डायरी

play_circle_outline On Air

सिनर्जी डायरी

पुजाराको शतकमा भारतलाई सम्मानजनक स्कोर

0

मङ्सिर २०
अष्ट्रेलिया विरूद्घ टेष्ट शृङ्खलाको पहिलो खेलमा भारतले सम्हालिएको प्रदर्शन गरिरहेको छ । एडिलेडमा आज टस जितेर ब्याटिङ रोजेको भारतले पहिलो दिनको समाप्तिमा ९ विकेट गुमाउँदै २५० रन जोडेको छ । भारतलाई सम्मानजनक अवस्थामा पु¥याउन चेतेश्वर पुजाराले करियरको १६औं शतक प्रहार गर्दै १२३ रन बनाए । अष्ट्रेलियामा भने यो उनको पहिलो शतक हो । उनको पारीमा ७ चौका र २ छक्का रहेका थिए । यसै क्रममा उनले ५ हजार टेष्ट रन पनि पुरा गरे । रोहित शर्माले ३७ रन बनाउँदा विकेटकिपर रिषभ पन्त र रवि अश्विनले समान २५ रन बनाए । अन्य भारतीय ब्याट्सम्यानहरूको प्रदर्शन भने उल्लेखनीय रहेन । घरेलु टोलीका तर्फबाट मिचेल स्टार्क, जोश हेजलहुड, प्याट् कमिन्स र नाथन लायनले समान दुई विकेट लिए । अष्ट्रेलिया भ्रमणमा रहेको भारतीय टोलीले चार वटा टेष्ट खेल्नेछ ।

Share.

Leave A Reply