play_circle_outline On Air

सिनर्जी डायरी

play_circle_outline On Air

सिनर्जी डायरी

शनिवार देखि सुरु हुने इपीएल क्रिकेटको तयारी पूरा, विदेशी खेलाडीहरु नेपाल आउने क्रम सुरु

0

२० मंसिर, एभरेष्ट प्रिमियर लिग (ईपिएल) क्रिकेटको दोस्रो संस्करण काठमाडौंमा शनिवार सुरु हुँदैछ ।प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । शनिवार हुने उद्घाटन खेलमा ललितपूर प्याट्रिएट्सले विराटनगर वारियर्ससँग खेल्नेछ ।यसपटक पनि प्रतियोगितामा ६ टिमले प्रतिस्पर्धा गर्दैछन् ।यी ६ टोलीहरु काठमाडौं किङ्ग्स, ललितपूर प्याट्रिएट्स, भैरहवा ग्ल्याडिएटर्स, पोखरा राईनोज, चितवन टाईगर्स र विराटनगर वारियर्स हुन् ।ईपिएल क्रिकेटमा सहभागि हरेक टोलीमा तिन जना विदेशी खेलाडी अनिवार्य गरिएको छ ।
यसपटक ईपिएलकै लागि आयरल्याण्डका केभिन ओब्रायन, युएईका रोहन मुस्तफा, हङकङका बाबर हयात र अंशुमान राथ, भारतका गौरब तमोर र सन्नी पटेल, नेदरल्याण्ड्सका रायन टेन डोच्टे, स्कटल्याण्डका केली कोट्जर, दक्षिण अफ्रिकाका रिचार्ड लेभी लगायतका खेलाडी काठमाडौं आउँदैछन् ।टेस्ट तथा एक दिवसिय क्रिकेटमा समेत बर्चश्व बनाईसकेका खेलाडीहरुको आगमनले इपिएल क्रिकेटलाई बेग्लै उचाईमा पुर्‍याउने खेलाडीहरुको विश्वास रहेको छ ।

Share.

Leave A Reply