play_circle_outline On Air

सिनर्जी डायरी

play_circle_outline On Air

सिनर्जी डायरी

अन्तराष्ट्रिय स्वयंसेवक दिवसमा रत्ननगरमा रक्तदान कार्यक्रम सम्पन्न

0

मङ्सिर १९ । अन्र्तराष्ट्रिय स्वयंसेवक दिवसको अबसरमा बुधवार रत्ननगरमा रक्तदान कार्यक्रम गरिएको छ । रत्ननगर नगरपालिका स्वास्थ्य शाखाले आयोजना गरेको सो कार्यक्रममा बोल्दै मेयर नारायण वनले मानविय सेवामा महिला स्वास्थ्य स्वयंसेविकाहरुको योगदानका कारण नेपालमा आमा र बच्चाको जीवन सुरक्षा गरेको बताए । उनले निश्पक्ष भावनाले स्वयं सेविकाहरुले गरेको कामलाई राज्यले सम्मान गर्नुपर्ने बताए । कार्यक्रममा उपमेयर विमला दुवाडीले अहिले लैँगिक हिंसा विरुद्धको १६ दिने अभियान चलिरहदा स्वयंसेविकाहरुले पनि हिंसा न्यूनीकरणको लागि पहल गर्नुपर्ने बताइन । स्वास्थ्य कार्यालयका प्रमुख कामेश्वर चौरासिया प्रमुख अतिथि रहेको सो कार्यक्रममा १३ जनाले रक्तदान गरेका थिए । कार्यक्रममा महिला स्वास्थ्य स्वयंसेविका समन्वय समिति रत्ननगरकी अध्यक्ष मीना गिरी,नेपाल रेडक्रस सोसाइटी चितवनका सभापति ज्ञानशाली न्यौपाने,स्वास्थ्य शाखा प्रमुख इन्द्रलाल न्यौपाने लगायतले मन्तव्य राखेका थिए ।

Share.

Leave A Reply