play_circle_outline On Air

भजन माला

play_circle_outline On Air

भजन माला

बारा र रौतहटका किसान सस्तो मुल्यमा उखु बिक्री गर्न बाध्य

0

मंसिर,१४ ।
चिनी उद्योगले समयमा भुक्तानी नदिएको र समयमा चिनीमिल संचालनमा नल्याएको भन्दै बारा र रौतहटको सिमावर्ती क्षेत्रका किसानले सस्तो मुल्यमा खाडसारी उद्योगलाई उखु बिक्री गर्न थालेका छन । बाराको कोल्हवी नगरपालिका र रौतहटको फतुवा विजयपुर नगरपालिकाका किसानले सख्खर बनाउने उद्योगलाई कौडीको भाउमा उखु बिक्री गर्न बाध्य भएका छन । खाडसारी उद्योगले उखुको थोरै मुल्य कायम गरेपनि समयमा भुक्तानी गर्ने गरेको किसानले बताएका छन । स्थानीय किसान योगेन्द्र महतोले चिनीमिलमा उखु बिक्री गर्दा आफ्नो आवश्यकता पुरा नहुने भएकोले खाडसारी उद्योगलाई सस्तोमा उखु बिक्री गर्न बाध्य भएको बताउनुभयो । श्रीराम सुगर मिल गरुडाले नयाँ र पुरानो गरी झन्डै १३ करोड रुपैयाँ किसानको भुक्तानी दिन बांकी रहेकाले उखु किसानले बिकल्प खोजेको उखु उत्पादक किसान संघ रौतहटका अध्यक्ष अशोक कुमार यादवले बताउनुभयो । सवा करोड रुपैयाँ गत वर्षको र त्यो भन्दा अगाडीको सवा १२ करोड रुपैयाँ चिनीमिलले भुक्तानी गर्न बाकी रहेको उनले जानकारी दिए ।

Share.

Leave A Reply