play_circle_outline On Air

जिबन गंगा

play_circle_outline On Air

जिबन गंगा

वैदेशिक रोजगारका विषयमा पत्रकारिता तालिम

0

०५ मंसिर । चितवनका पत्रकारहरुलाई वैदेशिक रोजगार र महिला शसक्तिकरण सम्बन्धी प्रशिक्षण दिइएको छ । पौरखी नेपालको आयोजनामा बुधबारदेखि नारायणगढमा सुरु भएको महिला शसक्तिकरण र बाध्यात्मक श्रममा सञ्चारकर्मीलाई अभिमूखिकरण कार्यक्रममा वैदेशिक रोजगारमा हुने जोखिमका विषमा पत्रकारलाई प्रशिक्षण दिइएको थियो । कार्यक्रमको उद्घाटन सत्रमा जिल्ला समन्वय समितिका प्रमुख कृष्णकुमार डल्लाकोटीले वैदेशिक रोजगारमा जानुपर्ने नेपालीको बाध्यता भएको बताए । वैदेशिक रोजगारका लागि गएका व्यक्तिहरु श्रम शोषणमा पर्ने गरेका डल्लाकोटीले बताए । पत्रकारहरुले वैदेशिक रोजगारमा हुने पीडालाई उजागर गरेर सचेतना फैलाउने काम पत्रकारहरुले गर्ने र वैदेशिक रोजगारलाई सुरक्षित बनाउनका लागि महत्वपूर्ण भूमिका खेल्ने गरेको डल्लाकोटीले बताए । वैदेशिक रोजगारलाई सुरक्षित बनाउनका लागि चितवनका सञ्चारकर्मीहरुले सकारात्मक परिवर्तनको काम गरिरहेका डल्लकोटीको भनाइ छ । कार्यक्रममा नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष राधेश्याम खतिवडाले जिल्लामा विट पत्रकारिताको विकास नभएको उल्लेख गर्दै पत्रकारहरुले सबै क्षेत्रमा कलम चलाउनुपर्ने बाध्यता रहेको उल्लेख गरे । सबै तर्फ समाचार लेख्दा वैदेशिक रोजगारका विषयमा गहन रुपमा कलम चलाउन नसकिएको खतिवडाले बताए । वैदेशिक रोजगारका विषय फराकिलो क्षेत्र भएकाले यस सम्बन्धी सञ्चारकर्मीहरुलाई प्रशिक्षण दिएर वैदेशिक रोजगारलाई सुरक्षित बनाउन सकिने खतिवडाको भनाइ छ । पौरखी नेपालकी अध्यक्ष मञ्जु गुरुङले वैदेशिक रोजगारलाई सुरक्षित बनाउनका लागि पत्रकारहरुलाई प्रशिक्ष दिँदै जान बताइन् । सो कार्यक्रममा पौरखी नेपालका गोविन्द प्रसाद न्यौपानेले चितवनमा वैदेशिक रोजगारका अवस्था, महिलाहरुलाई उद्यमशील बनाउन गरिएको सीप मूलक तालिमको बारेमा जानकारी गराएका थिए । दुई दिनसम्म सञ्चालन हुने प्रशिक्षण कार्यक्रममा पौरखी नेपालका अध्यक्ष मञ्जु गुरुङ र पत्रकार कुमार यात्रुले प्रशिक्षण दिनेछन् ।

Share.

Leave A Reply