play_circle_outline On Air

शिर्ष गित

play_circle_outline On Air

शिर्ष गित

‘ए’ डिभिजन लिग फुटबलको तेस्रो चरणका खेल भोलिदेखि सुरु हुदै

0

मंसिर ५ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत् भोलिदेखि तेस्रो चरणको खेल सुरु हुने भएको छ ।तेस्रो चरणका खेल यही मंसिर ६, ७ र ८ गतेसम्म सन्चालन हुनेछन् । भोलि दुई खेल हुनेछन् ।सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेलमैदानमा हुने पहिलो खेलमा च्यासल युथ क्लबले न्यूरोड टिम (एनआरटी)सँग प्रतिस्पर्धा गर्नेछ भने दोस्रो खेल मनाङ–मर्स्याङ्दी र थ्रीस्टार क्लबबीच हुनेछ ।तेस्रो चरणको खेल समाप्तिसँगै दुई दिनको विश्रामपछि पुनः १० गतेदेखि चौथो चरणका खेल सुरु हुनेछन् ।दोस्रो चरणका खेल सकिँदासम्म शतप्रतिशत नतिजा निकाल्दै थ्रीस्टार शीर्ष स्थानमा छ भने मनाङ दोस्रो तथा संकटा क्लब अंकतालिकाको तेस्रो स्थानमा छ । तीनै टोलीको समान ६ अंक भएपनि गोलअन्तरका आधारमा थ्रीस्टार शीर्ष स्थानमा छ ।विभागीय टोली नेपाल पुलिस, त्रिभुवन आर्मी र एपीएफ तथा हिमालयन शेर्पा एक जित र एक बराबरीको नतिजापछि समान ४/४ अंकका साथ लिग तालिकाको क्रमशः चौंथो, पाँचौं, छैटौं र सातौं स्थानमा छन् ।
दुवै खेल बराबरी खेल्दै २ अंक जोडेको मच्छिन्द्र क्लब अंकतालिकाको आठौं स्थानमा छ भने एक हार तथा एक बराबरी खेलेको च्यासल युथ क्लब र न्यूरोड टीम (एनआरटी) तालिकाको क्रमशः नवौं र १०औं स्थानमा छन् ।फ्रेन्ड्स, सरस्वती, जावलाखेल युथ र ब्रिगेड ब्बाइज क्लब दुवै खेल गुमाउँदै अंकविहीन बनेका छन् । उनीहरू तालिकाको क्रमशः ११औं, १२औं, १३औं र १४औं स्थानमा छन् ।लिगमा विभिन्न १४ टोली सहभागी छन् । ‘राउन्ड रोबिन लिग’को आधारमा भइरहेको प्रतियोगितामा कुल ९१ खेल हुनेछन् ।लिगको विजेताले रु ५० लाख तथा उपविजेताले रु ३५ लाख पाउनेछन् । तेस्रो हुन टोलीले रु २५ लाख, चौथो टोलीले रु १५ लाख, पाँचौं टोलीले रु सात लाख र छैटौंले रु पाँच लाख पाउनेछन् । ‘फेयर प्ले’ टोलीले रु एक लाख पाउनेछ ।प्रत्येक खेल जितेबापत एन्फाले क्लबलाई रु ५० हजार तथा ‘म्यान अफ दी म्याच’ घोषित खेलाडीलाई रु १० हजार पुरस्कार दिनेछ ।लिग विजेता टोलीले एएफसी एसियन कप फुटबलमा सहभागिता जनाउन पाउनेछ । रासस

Share.

Leave A Reply