play_circle_outline On Air

सिनर्जी डायरी

play_circle_outline On Air

सिनर्जी डायरी

श्रीलंकाली संसदमा हिजो पनि हंगामा मच्चियो: खुर्सानीको धुलो र कुर्सी प्रहार

0

मंसिर १, श्रीलंकाली संसदमा हिजोपनि हंगामा मच्चिएको छ । बिहीबार एकआपसमा झडपमा उत्रिएका श्रीलंकाली सांसद हिजो झनै उग्र रुपमा उत्रिएका थिए ।हिजोको संसद बैठकमा सांसदहरुले एक अर्कामा खुर्सानीको धुलो फ्याँके । बिहीबारको कुर्सी हानाहान हिजो पनि दोहोरियो । संसद बैठक उग्र भएपछि सभामुख कारु जयसूर्याले भित्रै प्रहरी बोलाउनु परेको थियो । उनले सोमबारसम्म सदनको कारबाही स्थगित पनि गरेका छन् ।हिजो राष्ट्रपति मैत्रीपाला सिरिसेनाले नियुक्त गरेका प्रधानमन्त्री महिन्दा राजापाक्षेविरुद्ध अविश्वास प्रस्ताव पास भएको छ । राजापाक्षे समर्थक सांसदहरुले विपक्षी सांसदहरुलाई अवरोध पुर्याउन हंगामा गरेका थिए । उनीहरुले प्रहरीमाथि पनि खुर्सानीको धुलो फ्याँकेका थिए ।


सदनमा ४५ मिनेटसम्म हंगामा मच्चिएपछि सभामुखले प्रहरी नै गुहार्नु परेको थियो । श्रीलंकाली राष्ट्रपतिले जननिर्वाचित प्रधानमन्त्री विक्रमासिंघेलाई हटाएर असंवैधानिक तरिकाले पूर्व राष्ट्रपति राजापाक्षेलाई प्रधानमन्त्री बनाएपछि श्रीलंकाली राजनीति तरंगित भएको छ ।

Share.

Leave A Reply