play_circle_outline On Air

भजन माला

play_circle_outline On Air

भजन माला

मधुमेह के हो? (रिपोर्ट)

0

 

शिव गौतम

हरेक वर्षको नोवेम्वर १४ लाई विश्व मधुमेय दिवसका रूपमा मनाइने गरिन्छ । यस पटकको विश्व मधुमेय दिवसको नारा ‘मधुमेय र परिवार’ रहेको छ । मृत्यु गराउने प्रमुख रोगहरूमध्ये यो पनि एक हो । विश्वव्यापी रूपमा यसका रोगीको संख्या बढ्दै गर्दा नेपाल पनि यसबाट टाढा रहन सकेको छैन । विश्व स्वास्थ्य संगठनका अनुसार नेपालको कूल जनसंख्याको ९.१ प्रतिशत मानिसहरू यो रोगबाट ग्रसित छन् । शरीरमा हुने प्यानक्रियाज ग्रन्थीले उत्पादन गर्ने इन्सुलिन नामको हर्मोनको कमीले मधुमेय अर्थात् डायबेटिज देखिने बताउनुहुन्छ नारायणी सामुदायिक अस्पताल भरतपुरका फिजिसियन डा. किशोर गौतम –

 

”रगतमा भएको चिनीलाई कोष भित्र पुर्याउने काम इन्सुलिनले गर्दछ । इन्सुलिनको मात्रामा कमी भएमा वा भएर पनि यसले काम गर्न सकेमा रगतमा भएको चिनिको मात्रा बढ्न जान्छ जसका कारण मधुमेह हुन्छ । ”

 

मधुमेय विभिन्न दुई प्रकारले हुने गरेको छ । पहिलो प्रकारलाई जुभेनाइल अनसेट डायबेटिज भनिन्छ । यस अन्तर्गत शरीरको रोग प्रतिरोधात्मक तत्त्वले प्यानक्रियाजलाई असर गर्छ । अर्काेलाई चाँही नन् इन्सुलिन डायबेटिज भनिन्छ । यसमा भने ग्रन्थीबाट हर्मोन नै कम उत्पादन हुने गर्छ । कहिलेकाँही गर्भावस्थाको समयमा रगतमा ग्लुकोज (चिनी)को मात्रा बढ्दा पनि मधुमेय हुने गर्छ । मधुमेयको लक्षण बताउँदै त्यसबाट बच्ने उपाय भन्नुहुन्छ फेरी डा. गौतम –

 

“मधुमेहका विरामीहरूमा धेरै भोक र तिर्खा लाग्ने, धेरै पिसाब लाग्ने, जस्ता समस्याहरू देखिन्छन् । यसबाहेक धेरै मोटो मान्छे एक्कासी दुब्लाउने, धेरै गल्ने, गुप्ताङ्ग चिलाउने, शरीरमा भएका घाउहरू निको नहुने पनि मधुमेहका लक्षण हुन् । मधुमेहबाट बच्न समयसमयमा रगत जाँच गराउनुपर्छ । यससँगै स्वस्थ खानपान र नियमित रूपमा व्यायाम गरे पनि मधुमेहबाट बच्न सकिन्छ ।”

 

अबको दिनबाट समय समयमा आफ्नो र आफ्नो परिवारको स्वास्थ्य जाँच गराउने बानी बसालौँ । अनि सुखी र खुशी जीवन बाँचौँ ।

Share.

Leave A Reply