play_circle_outline On Air

भजन माला

play_circle_outline On Air

भजन माला

क्यान्सरसँगको लडाईंमा केन्द्रित मनिषाको आत्मकथा ‘हिल्ड’ सार्वजनिक

0

कार्तिक २७ ।

नेपाली मुलकी चर्चित बलिउड अभिनेत्री मनिषा कोइरालाको आत्मकथा ‘हिल्ड’ नामक पुस्तक सार्वजनिक भएको छ ।

उनले किताबको मुख्य पृष्ठकासाथ ट्वीट गर्दै पुस्तक शनिबार सार्वजनिक गरेकी हुन् । कोइरालाले क्यान्सरको लडार्इमा केन्द्रित भएर उक्त पुस्तक सार्वजनिक गरेकी हुन् ।

क्यान्सरबाट बचेर जीवनलाई फेरि जिउनु एक सबक हो भनी उनले ट्वीट गरेकी छिन् । उनको किताबको उपशीर्षक ‘क्यान्सरले मलाई नयाँ जिन्दगी दियो ।’ भन्ने रहेको छ । उनी ७ वर्ष अगाडी क्यान्सरबाट पिडीत भएकी थिइन् । अमेरीकामा लामो उपचारपश्चात उनी क्यान्सरमुक्त भएकी थिइन् । उनले पछिल्लो समय बलिउड अभिनेता सञ्जय दत्तको जीवनीमा आधारित फिल्म ‘सञ्जू’ मा काम गरेकी थिइन् । उनले बलिउडमा कयौं सुपरहिट फिल्म दिएकी छन् ।

Share.

Leave A Reply