पुस १ देखि काठमाडौंमा ‘वैज्ञानिक सवारी रुट’ कार्यान्वयन गर्ने तयारी

0

सरकारले आगामी पुस १ देखि काठमाडौंमा पहिचान गरिएका वैज्ञानिक सवारी रुटको कार्यान्वयन गर्ने तयारी गरेको छ । काठमाडौंमा अहिले पनि व्यवसायीले मागअनुसार नै जथाभावी रुट दिने क्रम जारी नै छ ।पुस १ गतेदेखि यो क्रम रोकिने र वैज्ञानिक रुटाहरुमा मात्रै सवारी चल्ने र त्यसैअनुसार रुट पर्मिट जारी गरिने यातायात व्यवस्था विभागमा महानिर्देशक लावण्य ढकालले जानकारी दिए ।सरकारले एडीबीको सहयोगमा गरेको अध्ययनमार्फत पहिचान गरेका सडक, सवारी र यात्रु मैत्री वैज्ञानिक रुटहरुको कार्यान्वयनमा सरकार उदाशीन बन्दा उपत्यकाकाको सवारी व्यवस्था अपेक्षाकृत सुधार हुन सकेको छैन ।यातायात ब्यवस्था विभागले ठूला बसलाई लामे रुटमा चल्न दिने गरे पनि अध्ययनको आधारमा भन्दा बढी व्यवसायीले माग गरेअनुसार दिने गर्दा समस्या भएको छ । अध्ययनमार्फत १६ वटा सेकेन्डरी रुटहरु प्रस्ताव गरिएका छन् । सेकेण्डरी रुटमा ६० जना यात्रु बोक्ने क्षमता भएकाका बसहरु चल्न सक्छन् । ४२ टर्सरी रुटमाहरुमा साना सवारीहरु चलाइने छ ।वैज्ञानिक रुपमा पहिचान गरिएका रुटले मास ट्रान्सपोर्टेशनलाई प्रोत्साहित गर्ने विश्वास यातायात विभागको छ ।उपत्यकामा हाल ३ सय भन्दा बढी संघरसंस्था र समिति मातहतमा झण्डै ११ हजार सार्वजनिक सवारी सञ्चालनमा छन् । अब जसलाई, जता मनलाग्यो उतै सवारी गुडाउन दिने गरी रुट दिने अवस्था हट्ने दावी सरकारको छ ।

Share.

Leave A Reply