play_circle_outline On Air

सिनर्जी हेडलाईनस

play_circle_outline On Air

सिनर्जी हेडलाईनस

कत्था उद्योगमा रातभरि दन्कियो आगो, १५ करोडबढीको क्षति

0

सुनसरीको धरान औद्योगिक क्षेत्रभित्र रहेको सूर्य कत्था उद्योगमा आगलागी भएको छ ।

पेट्रोलपम्पसँगै रहेको उद्योगमा शुक्रबार साँझ ६ बजे बाट आगो नियन्त्रणमा आउन सकेको छैन । आगो नियन्त्रणमा आउन नसक्दा उद्योग सगै पेट्रोलपम्प रहेको कारण झन जोखिम बढेको छ ।

आगो नियन्त्रणका लागि धरान उपमहानगरका २ र इटरहरी उपमहानगर पालिकाको १ वटा दमलकल तथा नेपाल प्रहरी र शशस्त्र प्रहरीले प्रयास जारी राखेका छन् ।

धरान ३ निवासी रोशन सोनीले सञ्चालन गरेको कत्था उद्योगमा बिजुलीको लाइन सर्ट भई आगलागी भएको अनुमान प्रहरीले गरेको छ ।

कत्था उद्योगको गोदाममा लागेको आगलागीका कारण तयारी अवस्थामा रहेको १५ करोड भन्दा बढीको कत्थामा क्षति भएको उद्योग सञ्चालक सोनिले दावि गरेका छन् ।

Share.

Leave A Reply