play_circle_outline On Air

मुक्तक मनोहर

play_circle_outline On Air

मुक्तक मनोहर

चितवनमा बस दुर्घटना, ३ जनाको मृत्यु, २३ जना घाइते

0

चितवन, कात्तिक २ ।
चितवनको इच्छाकामना गाउँपालिका ६ जलविरेमा बस दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ भने २३ जना घाइते भएका छन् । काँकडभिट्टाबाट पोखराका लागि छुटेको ना ५ ख ४३ ८३ नम्बरको बस आज बिहान साँढे २ बजे इच्छाकामना गाउँपालिका ६ जलविरेमा दुर्घटना भएको प्रहरीले जनाएको छ । मृतक बसका चालक झापा जिल्ला मेची नगरपालिका वडा न. ८ बस्ने ३५ वर्षका उदयमान राजवंशीको परिचय खुलेको छ भने दुई जनाको परिचय खुलेको छैन । २२ जनाको पुरानो मेडिकल कलेज र १ जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइतेमध्ये चारको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

Share.

Leave A Reply