play_circle_outline On Air

मुक्तक मनोहर

play_circle_outline On Air

मुक्तक मनोहर

आज विजया दशमी, मान्यजनबाट टिका र जमरा थापेर आशिर्वाद लिइदैँ

0

कार्तिक,२ ।
आज हिन्दूहरुको महान् चाड दशैंको मुख्य दिन अर्थात विजया दशमी । आजको दिन मान्यजनहरुबाट टिका र जमरा थापेर आशिर्वाद लिदैं मनाइन्छ । किम्वदन्ती अनुसार दशमीकै दिन दुर्गा भवानीले दानवी शक्तिमाथि तथा रामले रावणमाथि विजय हासिल गरेका थिए । सत्यले असत्यमाथि विजय पाएका कारण यस दिनलाई विजया दशमी भनिन्छ । घटस्थापनाको दिनबाट विधिपूर्वक घर घरमा आह्वान गरी पूजाआराधना गरिने दुर्गादेवीलाई आजकै दिन विसर्जन गरी मान्यजनबाट प्रसादका रुपमा टीका, जमरा र फूल प्रसाद ग्रहण गरिन्छ । यस वर्षको विजयादशमीको टीकामा साइत खोज्नेका लागि विहान ९ बजेर ५१ मिनेट उत्तम रहेको छ । दसैंमा मान्यजनहरुबाट टीका जमरा थापेर आशिर्वाद लिने चलन छ । नेपाल पञ्चांग निर्णायक समितिले साइत नै खोज्नेका लागि भने ९ बजेर ५१ मिनेटको समय उत्तम रहेको जनाएको हो । यद्यपी, दुर्गा भवानीको प्रसाद लगाउन कुनै साइतको जरुरी नपर्ने समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले जानकारी दिए । विजया दशमीका दिन विहान ९ बजेर ३९ मिनेटमा देवी विसर्जन गर्ने शुभ साइत रहेको पनि समितिले जनाएको छ । देवी विसर्जन गरिसकेपछि विहान ९ बजेर ५१ मिनेट टीकाका लागि उत्तम साइत रहेको समितिका अध्यक्ष प्रा. डा. गौतमले बताए । उनले राज्य सञ्चालनमा रहेकाहरुले साइतमै टीका लगाउनु उत्तम हुने पनि बताए । पूर्णिमा नसिकएसम्म मान्यजनका हातबाट टिका, जमरा तथा आशिर्वाद थाप्ने क्रम जारी रहनेछ ।

Share.

Leave A Reply