play_circle_outline On Air

मुक्तक मनोहर

play_circle_outline On Air

मुक्तक मनोहर

सानातिना विषय उधिनेर आपसी द्वन्द्व बढाउने समय छैन ः प्रधानमन्त्री ओली

0

कात्तिक, २ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सानातिना विषय उधिनेर आपसी द्वन्द्व बढाउने समय नभएको जनाउँदै राष्ट्र निर्माणको ऐतिहासिक अवसरमा सम्पूर्ण नेपालीको एकता र साझा लक्ष्य अपरिहार्य भएकामा जोड दिनुभएको छ । दशैँका अवसरमा शुभकामना सन्देश दिँदै यस ऐतिहासिक अवसरलाई कुनै पनि हालतमा गुम्न दिनुहुँदैन भन्नेमा हामी हरेक क्षण सजग हुँदै आएका छौँ । हामी आमजनताको विश्वास र अपेक्षालाई शिरोपर गर्दै समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य हासिल गर्न रत्तिभर समय खेर नफाली अघि बढ्न चाहेको बताए । उहाँले देशमा रहेका काम गर्न सक्ने उमेर समूहका युवा जनसङ्ख्याको प्रधानता समृद्धिको एउटा प्रमुख आधार हो तर यो उमेर समूहको जनसङ्ख्या रोजगारको खोजीमा विदेशी भूमिको समृद्धिका लागि अहरोत्र खटिरहेको छ । सरकार यो अवस्थाको अन्त्य गरेर स्वदेशमै आकर्षक रोजगारीको व्यवस्था गर्न प्रयत्नशील रहेको बताए ।” दशैँ पर्वले नेपालको विविध भाषा, संस्कृति, परम्परा र विभिन्न स्थानमा रहेका नेपालीबीच भाइचारा, मेलमिलाप, सुसम्बन्ध कायम गर्ने माध्यम बनेको बताउँदै देशविदेशमा रहेका नेपालीमा हार्दिक शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री ओलीले चाडपर्व सामाजिक र सांस्कृतिक पहिचान अभिव्यक्त गर्ने महत्वपूर्ण माध्यम भएको बताउनुभएको छ । नेकपाका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्रीले देशको सामाजिक तथा आर्थिक रुपान्तरणमा योगदान गर्न प्रेरणा प्राप्त हुने विश्वाससहित सामाजिक विकृति एवम् विसङ्गतीविरुद्धको विजय गर्न सक्ने क्षमता सबैमा प्रदान होस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ ।

Share.

Leave A Reply