मोटरसाइकल सिक्ने क्रममा दुर्घटना हुँदा एकको मृत्यु

0

मोटरसाइकल सिक्ने क्रममा दुर्घटना हुँदा पाँचथरमा एक जनाको ज्यान गएको छ ।फिदिम नगरपालिका–११, बाबुङगाका ३२ वर्षका सुबास आङबोको मृत्यु भएको पाँचथर प्रहरीले जनाएको छ ।विहीबार बिहान घरको आँगनमै मे ५ प ९०७४ नम्बरको मोटरसाइकल सिक्ने क्रममा आँगनको डिलमुनि खस्दा आङबोको मृत्यु भएको हो ।

शवलाई पोष्टमार्टमको जिल्ला अस्पताल पाँचथर ल्याइएको प्रहरीले जनाएको छ ।

Share.

Leave A Reply