नेपाली जुटका तयारी बस्तुमा भारतले कर बढायो

0

नेपालमा उत्पादन हुने जुटका तयारी बस्तुमा भारतले कर बढाएको छ । भारतले चार प्रतिशत एण्टि डम्पिङ ड्युटी लगाएको हो । नेपाली उत्पादनलाई प्रतिष्पर्धा गर्नै नसक्ने गरी बढाइएको करले घाटा पु¥याउने निश्चित छ । चिनी, खाद्यान्न प्याकेजिङ गर्न समेत नेपाली जुटका उत्पादन प्रयोग नगर्न भारतले आफू मातहतका निकायलाई निर्देशनसम्म दिएको बताइएको छ । यसले नेपाली जुट उत्पादन मारमा पर्ने देखिएको छ ।विभिन्न कर लगाएर नेपाली उत्पादनलाई प्रतिष्पर्धा गर्नै नसक्ने बनाएको भारतमा यसअघि नेपाली उत्पादनलाई साढे १२ प्रतिशत सिभिडी अर्थात काउण्टर भ्यालु ड्युटी लगाएको थियो । सुनसरी मोरङ औद्योगिक कोरिडोरका ११ वटा जुट उद्योग मध्ये प्रतिष्पर्धा गर्न नसकेर ५ वटा जुट उद्योग बन्द भएका छन् ।नेपाली जुट उद्योगले वार्षिक २ अर्ब रुपैयाँ बराबरको कच्चा जुट भारत र बंगलादेशबाट आयात गर्ने गरेका छन् । ६ अर्ब बराबरका तयारी जुट भारत निर्यात हुँदै आएको छ ।

Share.

Leave A Reply