काठमाडौंमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

0

काठमाडौंको ठूलो भर्‍याङमा बिहीबार बिहान मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सिन्धुपालचोक जुगल–७ घर भइु हाल सानो भर्याङ बस्दै आएका ५५ वर्षीय वीरबहादुर तामाङ छन् । उनको मनमोहन मेमोरियल अस्पताल, कलंकीमा उपचारका क्रममा बिहान ६ बजे मृत्यु भएको हो ।महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार बनस्थलीबाट स्वयम्भु जाँदै गरेको बा २९ प ३७०७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा उनको मृत्यु भएको हो ।

ठक्कर दिने सवारीसाधन र चालकलाई महानगरीय प्रहरी वृत्त, स्वयम्भुले नियन्त्रणमा लिएको छ।

Share.

Leave A Reply