विद्यार्थीबाटै अन्धाधुन्ध गोली प्रहार, १९ जनाको मृत्यु

0

कार्तिक, १ ।
रुसले आफूमा विलय गराएको युक्रेनको स्वायत्त क्षेत्र क्राइमियास्थित एक क्याम्पसका अन्धाधुन्ध गोली प्रहार हुँदा कम्तिमा १९ जनाको मृत्यु भएको छ । क्राइमियाको क्रेर्च टेक्निकल कलेजमा अध्ययनरत १८ वर्षीय विद्यार्थी भ्यादिस्लाभ रोसल्याकोभले आफ्ना साथीहरुमाथि अन्धाधुन्ध गोली चलाएका हुन् । उनले क्याम्पसको क्यान्टिन क्षेत्रबाट आक्रमण सुरु गरेका थिए । साथीहरुको हत्यापछि उनले पुस्तकालयमा पुगेर आफैंमाथि गोली प्रहार गरेर आत्महत्या गरेको रुसी अधिकारीहरुले जनाएका छन् । घटनास्थलमा एउटा विस्फोट पनि भएको प्रत्यक्षदर्शीहरुले जनाएका छन् । ती विद्यार्थीले आफ्नै सहपाठीमाथि किन गोली प्रहार गरे भन्ने खुलेको छैन । क्याम्पसमा भएको अन्धाधुन्ध गोली प्रहारसम्बन्धी घटनाको अनुसन्धान भइरहेको रुसी अधिकारीहरुले जनाएका छन् ।

Share.

Leave A Reply