play_circle_outline On Air

सिनर्जी डायरी

play_circle_outline On Air

सिनर्जी डायरी

चितवन दुर्धटना अपडेट ः मृतक तीनै जनाको सनाखत

0

चितवन, असोज ३१–
पृथ्वीराजमार्ग अन्तरर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ केबलकार नजिक आज दिउँसो मारुती भ्यान र दुध बोक्ने ट्यांकर ठोक्किदा तीन जनाको मृत्यु भएको छ । अन्य चार जना गम्भिर घाईते भएका छन् । दुर्धटनामा मृत्यु हुनेमा धादिङ जिल्ला कल्लेरीका २५ वर्षिया भ्यान चालक चन्द्र बहादुर नेपाली , धादिङ कै ११ वर्षिय बालक रोशन गैरे र धादिङ कै रोराङ गाउँपालिका ४ का २१ वर्षीया भुवन श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको हो । घाईतेहरुको विभिन्न अस्पतालहरुमा छुटाछुटै उपचार भईरहेको छ । घाईते मध्ये धादिङग त्रिपुरा सुन्दरी गाउँपालिका वडा न ५ बस्ने २३ वर्षीया सन्दिप मल्लको भरतपुरको सरकारी अस्पतालमा उपचार भईरहेको छ भने पर्सा जिल्ला भवानीपुर बस्ने २७ वर्षीया बिनोद धामीको पुरानो मडिकल कलेज भरतपुर,काठमाडौं झापासी बस्ने ४० वर्षीया सुन्दर खड्काको मनकमना अस्पताल भरतपुर,र धादिङग गाउँपालिकाका अन्दाजि १९ वर्षीया ट्याङकर चालक रमेश रोक्काको धादिङको गजुरी अस्पतालमा उपचार भईरहेको चितवन प्रहरीले जानकारी दिएको छ । पृथ्वीराजमार्ग अन्तरगत इच्छाकामना गाउँपालिका–४ केबलकार नजिक पोखराबाट धादिङ तर्फ जाँदै गरेको ग २ च १७५१ नम्बरको मारुती भ्यानलाई सोही दिशा तर्फ गईरहेको दुध बोक्ने बा १ घ ५६५ नम्बरको ट्यांकरले ठक्कर दिँदा सो दुर्घटना भएको चितवन प्रहरीले जनाएको छ ।

Share.

Leave A Reply