play_circle_outline On Air

बि बि सी नेपाली सेवा

play_circle_outline On Air

बि बि सी नेपाली सेवा

दुर्धटनाका घाईते चारै जनाको परिचय खुल्यो,मृतक तीनै जनाको सनाखत हुन बाकी

0

चितवन, असोज ३१–
पृथ्वीराजमार्ग अन्तरर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ केबलकार नजिक आज दिउँसो मारुती भ्यान र दुध बोक्ने ट्यांकर ठोक्किदा तीन जनाको मृत्यु भएको छ । अन्य चार जना गम्भिर घाईते भएका छन् । मृतक तीनै जनाको सनाखत हुन बाकी रहेको छ भने घाईते चारै जनाको परिचय खुलेको चितवन प्रहरीले जानकारी दिएको छ । घाईतेहरुको विभिन्न अस्पतालहरुमा छुटाछुटै उपचार भईरहेको छ । घाईते मध्ये धादिङग त्रिपुरा सुन्दरी गाउँपालिका वडा न ५ बस्ने २३ वर्षीया सन्दिप मल्लको भरतपुरको सरकारी अस्पतालमा उपचार भईरहेको छ भने ,पर्सा जिल्ला भवानीपुर बस्ने २७ वर्षीया बिनोद धामीको पुरानो मडिकल कलेज भरतपुरमा, काठमाडौं झापासी बस्ने ४० वर्षीया सुन्दर खड्काको मनकमना अस्पताल भरतपुरमा र धादिङग गाउँपालिकाका अन्दाजि १९ वर्षीया ट्याङकर चालक रमेश रोक्काको धादिङको गजुरी अस्पतालमा उपचार भईरहेको चितवन प्रहरीले जानकारी दिएको छ । पृथ्वीराजमार्ग अन्तरगत इच्छाकामना गाउँपालिका–४ केबलकार नजिक पोखराबाट धादिङ तर्फ जाँदै गरेको ग २ च १७५१ नम्बरको मारुती भ्यानलाई सोही दिशा तर्फ गईरहेको दुध बोक्ने बा १ घ ५६५ नम्बरको ट्यांकरले ठक्कर दिँदा सो दुर्घटना भएको चितवन प्रहरीले जनाएको छ ।

Share.

Leave A Reply