play_circle_outline On Air

टप टेन

play_circle_outline On Air

टप टेन

बडादसैंको आठौं दिन आज महाअष्टमी पर्व: कालरात्रिको पूजा गरिंदै

0

३१ असोज, बडादसैंको आठौं दिन आज महाअष्टमी पर्वमा महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआजा गरी मनाइँदैछ ।महाअष्टमीका दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व रहेको छ ।यस अवसरमा दसैंघर तथा जमराकोठामा दुर्गाभवानी, महाकाली, महा–सरस्वती र महालक्ष्मीको प्रतीकका रूपमा चामल, द्रव्य, जनै, सुपारी, फलफूल र नैवेद्यसहित नौ थुप्रा राखी दुर्गापूजा गरिन्छ ।कलपूर्जा, हातहतियार र सवारी साधन सफासुग्घर गरी बलीसहित पूजा गरिने प्रचलन छ ।पशुबली नचढाउनेहरूले जमराकोठामा घिरौंला, कुभिन्डो, मूला आदि बली दिई दुर्गा भवानीलाई खीर तथा नरिवल चढाउने गर्दछन् ।आजको दिन शास्त्रसम्मत रूपमा दसैंघर, कोतलगायत राज्यका विभिन्न शक्तिपीठमा पशु बली दिई दुर्गाको विशेष पूजाआजा गरिनाका साथै दुर्गा सप्तशती, श्रीमद्देवीभागवत् र देवी स्तोत्र पाठ गरिन्छ ।विवेकशील र अविवेकशील प्राणी दुवैले मोक्षप्राप्तिको चाहना गर्ने हुनाले देव मन्दिर र यज्ञयज्ञादिमा विधिपूर्वक बली दिनाले ती पशुले मोक्ष प्राप्त गरी माथिल्लो योनिमा जन्म लिने शास्त्रमा वर्णन गरिएको छ ।
आज बिहानैदेखि मन्दिरहरुमा पनि बलीसहित पूजाआजा गर्नेको भीड लागेको छ ।आजै राती पशुबलीको विधि र पूजाआजा सहित कालरात्रि मनाउने गरिन्छ । कालरात्रिको पूजा विधि र संकल्पसमेत छुट्टै भएकाले यसको विशेष महत्व छ ।

Share.

Leave A Reply