कर्णालीमा डुंगा दुर्घटनाःदुई जनाको अवस्था अझै अज्ञात, रात परेको भन्दै फर्कियो प्रहरी

0

२९ असोज, कैलालीको चिसापानीमा सोमबार डुंगा दुर्घटना हुँदा बेपत्ता भएका दुई जनाको अवस्था अझै अज्ञात छ ।तर, खोजी तथा उद्दारका लागि गएको प्रहरी टोली भने रात परेको भन्दै फर्किएको छ । राति उद्दार गर्नका लागि आवश्यक उपकरण अभाव हुँदा प्रहरी टोली फर्किएको हो ।इलाका प्रहरी कार्यालय, चिसापानीका प्रहरी निरीक्षक दिपेन्द्र केसीले घटना स्थलमा ‘नर्मल ड्यूटी’ टोली रहेको बताउँछन् ।स्थानीय प्रहरीले सशस्त्र प्रहरी र सेनाको टोलीलाई खबर गरे पनि अझैसम्म घटनास्थलमा पुगेका छैनन् ।स्रोतका अनुसार सशस्त्रको टोलीले सोमबार बिहान मात्रै घटनास्थलमा उपस्थित हुन सक्ने जनाएको छ ।सोमबार साँझ चिसापानीमा पाँच जना सवार डुंगा दुर्घटना भएको थियो । तीन जना भने पौडिएर बाँचेका छन् ।
नदीमा पौडिँदै गरेको अवस्थामा उनीहरुलाई इलाका प्रहरी कार्यालय, चिसापानीका प्रहरी निरीक्षक दिपेन्द्र केसी नेतृत्वको टोलीले उद्दार गरेको थियो । उद्दारपछि उनीहरुको स्थानीय कीर्ति मेडिकल हलमा उपचार गरिएको छ ।घटनामा कैलालीको जोशीपुर–५ का पुरुषोत्तम चौधरी र जोशीपुर–२ का समिर बडेला बेपत्ता भएका छन् ।साँझ ६ बजे भएको दुर्घटना दुर्घटनाबारे खबर पाएलगत्तै प्रहरीले स्थानीयको सहयोगमा खोजी कार्य थालेको थियो । तर, राति अवेरसम्म पनि उनीहरुको अत्तोपत्तो लागेन ।स्थानीयबासीका अनुसार दुर्घटना भएको ठाउँ त्यहाँको स्थानीय पर्यटकीय क्षेत्र पनि हो । त्यहाँ पर्यटकको लागि स्थानीयले डुंगा सञ्चालन गरेका थिए ।चौधरी, बडेलासहित ५ जनाको समूह आइतबार दशैंको उत्सव मनाउन भन्दै त्यहाँ गएको थियो । उनीहरुले नदीको एक किनारमा गएर मदिरा सवेन गरेका थिए ।साँझ फर्किने क्रममा डुंगा दुर्घटनामा परेको हो ।

Share.

Leave A Reply