रत्ननगर निवासी समाजसेवी पाण्डेले गरे दसैं खर्च कटौती गरी अक्षयकोषलाई आर्थिक सहयोग

0

अशोज २९ । रत्ननगर निवासी समाजसेवी ज्ञानेन्द्रराज पाण्डेले खैरहनी माविमा स्थापित जनमोत्सव तथा स्मति छात्रबृत्ती अक्षयकोषलाई सोमवार आर्थिक सहयोग गरेका छन । पाण्डेले दसैं खर्च कटौती गरी गरिव तथा विपन्न वालवालिकाको शिक्षाको लागि ३ हजार ३० रुपैया सहयोग गरको हुन । पाण्डेले कोषका अध्यक्ष मुरलीप्रसाद गजुरेललाई सो रकम हस्तान्तरण गरेका थिए । दसैंमा मिष्ठान्न भोजनमा खर्च गरिने पैसा कटौती गरी अक्षयकोषलाई रमक सहयोग गरेको पाण्डेले बताए । लामो समय देखि सामाजिक क्षेत्रमा क्रियाशिल पाण्डे आर्थिक अबस्थाको हिसावले सामान्य परिवारका अभिभावक हुन । कमजोर आर्थिक अबस्थाका कारण दसैं मनाउन हम्बे हम्बे हुने पाण्डेले दशैमा मिठोचोखो किन्ने पैसा जोगाएर अक्षयकोषलाई आर्थिक सहयोग गरेका हुन ।

Share.

Leave A Reply