रत्ननगर खानेपानीको निर्णय: गरिबलाई धारा जडानमा पचास प्रतिशत छुट

0

अशोज २९ । रत्ननगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको सोमवार सम्पन्न पहिलो बैठकले भूमिहिन तथा गरिबलाई घारा जडानमा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ । बैंठकले गरेको सो निर्णय कार्तिक एक गतेबाट लागु हुने छ । तीन पुस्तादेखि रत्ननगरमा बस्दै आएका र भूमिनभएका,आर्थिक अबस्था कमजोर भएका दलीत र आदिवासी जनजाती अन्तर्गत पर्ने थारु,बोटे,कुमाल,दराई,माझी र चेपाङलाई धारा जडानमा पचास प्रतिशत छुट दिने निर्णय भएको संस्थाका अध्यक्ष भीष्मराज पौडेलले जानकारी दिए । पचास प्रतिशतमा धारा जडानको लागि खानेपानी संस्थाको वडा स्तरमा गठन भएको समिति र नगरपालिकाको वडा कार्यालयबाट सिफारिस ल्याउनु पर्ने अध्यक्ष पौडेलले जानकारी दिए । खानेपानीको घारा जडान गर्न ९ हजार ५०० रुपैया लाग्छ । छुट पाउने व्यक्तिले ४ हजार ७५० मा घारा जडान गर्न सक्ने संस्थाले जनाएको छ । २०५८ सालका स्थापना भएको सो संस्थाका ७ हजार ५०० ग्राहक रहेको व्यवस्थापक विश्व पौडेलले जानकारी दिए ।

Share.

Leave A Reply