play_circle_outline On Air

हालखबर

play_circle_outline On Air

हालखबर

अवरुद्ध पूर्व–पश्चिम राजमार्ग सञ्चालन

0

नवलपरासी,असोज,२६ ।
पूर्व–पश्चिम महेन्द्र राजमार्गको बुटवल–नारायणगढ सडक खण्डअन्तर्गत पूर्वी नवलपरासीको दाउन्ने उकालोमा पल्टिएको भुस बोकेको ट्रक हटाएपछि अवरुद्ध राजमार्ग खुलेको छ । नवलपुरका प्रहरी उपरीक्षक रमेश थापाले सडकबीचमा रहेको ट्रक हटाएर दुईतर्फी सडक सञ्चालनमा ल्याएको जानकारी दिए । बिहीवार र दिउसो ३ बजे दाउन्नेको घिउ खोला र दुम्किबासमा पल्टिएको भुसको ट्रक हटाउने प्रहरीले क्रेन नै मगाउन परेको थियो । हिजो एउटा क्रेनले हटाउन नसकेपछि आज थप एउटा क्रेन मगाएर बिहान सवा ११ बजेतिर मात्र बाटो दुई तर्फी खुलाइएको थापाले बताए ।

Share.

Leave A Reply