नुवाकोटमा बस दुर्घटना ३५ घाइते

0

असोज,२६ ।
नुवाकोटमा बस दुर्घटना हुँदा ३५ जना घाइते भएका छन् । नुवाकोटबाट काठमाडौं आउँदै गरेको गरेको बा २ ख ६३५६ नम्बरको बस नुवाकोटको सूर्यगढी गाउँपालिका– ५ स्थित फेदीबेसीमा शुक्रबार बिहान १० बजे दुर्घटना भएको नुवाकोट प्रहरीका एसपी बसन्त लामाले जानकारी दिए। दुर्घटनामा परेका केही यात्रुको अवस्था गंम्भीर रहेको बताइएको छ । प्रहरी घटनास्थल पुगीनसकेकोले घटनाबारे थप विवरण आउन बाँकी छ।

Share.

Leave A Reply