play_circle_outline On Air

मुक्तक मनोहर

play_circle_outline On Air

मुक्तक मनोहर

प्रहरीलाई साख जोगाउन प्रधानमन्त्रीको निर्देशन

0

असोज,२५ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रहरीलाई आफ्नो शाख जोगाउन निर्देशन दिएका छन् । ६३औं स्थापना दिवसको अबसरमा काठमाडौंमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले कर्मठ प्रहरीले अपराध नियन्त्रण र अमनचयन कायम राख्न पुर्याएको योगदानको प्रशंसा गर्ने बताउनुभयो । पछिल्लो समय प्रहरीको क्षमताका विषयमा विभिन्न टिका टिप्पणी भइरहेका बेला प्रधानमन्त्री ओलीलले प्रहरीले ९० प्रतिशत अभियुक्त पत्ता लगाएको भन्दै थप व्यवसायिक हुन आग्रह गरे । प्रविधिको दुरुपयोग गरेर अन्तरदेशीय रुपमा हुने अपराध, आतंकवाद, अतिवाद दिनप्रतिदिन नयाँ स्वरुपमा देखापरेको भन्दै उनले त्यसलाई रोक्न छिमेकी देशहरुसँग नेपाल प्रहरीले सम्बन्ध विस्तारमा लाग्न सुझाव दिए ।

Share.

Leave A Reply