play_circle_outline On Air

हालखबर

play_circle_outline On Air

हालखबर

रोनाल्डोका वकिल भन्छन्- ‘बलात्कारको आरोप दर्ता गर्ने क्रमम सबै झुटा कागजात बनाए’

0

आश्विन २५

पोर्चुगलका स्टार स्ट्राकर क्रिस्टियानो रोनाल्डोमाथि एक अमेरिकी महिलाले लगाएको बलात्कारको आरोप झुटो भएको रोनाल्डोको वकिलले  दाबी गरेका छन्। रोनाल्डोमाथि  बलात्कारको आरोप दर्ता गर्ने क्रमम ती महिलाले सबै झुटा कागजात बनाएको रोनाल्डोका वकिलले दाबी गरेका हुन्।

३३ वर्षीय रोनाल्डोलाई ३४ वर्षीया अमेरिकी महिला क्याथरिन मायोर्गाले यौन दुर्व्यवहारको आरोप लगाएकी थिइन्। लस भेगासको होटलमा सन् २००९ मा भएको भनिएको घटना रोनाल्डोले अस्वीकार गरेका थिए। क्याथरिनले रोनाल्डोले होटलको कोठामा आफूमाथि दुर्व्यवहार गरेको आरोप लगाएकी छन्।

रोनाल्डोका वकिल पिटर क्रिस्टियानो एन्सनले जारी गरेको वक्तव्यमा रोनाल्डोले सबै आरोप स्पष्ट रूपले अस्वीकार गरेको र आरोप निकै घृणित रहेको भन्दै उनले चर्को आलोचना गरेका छन्। यसअघि जर्मनीको पत्रिका डेर स्पिगलमा आरोपसम्बन्धी खबर छापिएपछि रोनाल्डोले ‘फेक न्युज’ भन्दै अस्वीकार गरेका थिए।

रोनाल्डोका वकिल क्रिस्टियानोले आरोप सम्बन्धी खबर प्रकाशन गर्ने सञ्चार माध्यम निकै गैरजिम्मेवार रहेको आरोप लगाएका छन्। चोरी गरिएको र सजिलै ‘म्यानुपुलेट’ गर्न मिल्ने डिजिटल कागजातको भरमा आरोप लगाएको उनले बताए। यस्तै कागजातको महत्त्वपूर्ण भाग पूर्णरूपले परिवर्तन गरेर झुट बनाइएको रोनाल्डोका वकिलले बताएका छन्। डेर स्पिगलले क्याथरिनले घटनालगत्तै लस भेगास प्रहरीमा उजुरी दिएको उल्लेख गरेको थियो।

यस्तै सन् २०१० मा अदातल भन्दा बाहिर तीन लाख ७५ हजार अमेरिकी डलर लिएर घटनाका बारेमा सार्वजनिक रूपमा नबोल्ने सहमति गरेको पनि बताइएको छ। ‘सन् २००९ मा लस भेगासमा जे भएको थियो त्यो पूर्णरूपमा सहमतिमा भएको थियो’,रोनाल्डोका वकिल क्रिस्टियानोले भने। सन् २०१० मा भएको सहमति बारेमा रोनाल्डोले अस्वीकार नगरेको तर यसको अर्थ गल्ती भएको वा त्यसलाई स्वीकार गरेको भन्ने नहुने उनले उल्लेख गरेका छन्।

Share.

Leave A Reply