बुद्ध एअर पब्लिक कम्पनीमा जाने, पोखराबाट अन्तर्राष्ट्रिय उडान सुरु गर्ने घोषणा

0

असोज २४ । बुद्ध एअर पब्लिक कम्पनीमा जाने भएको छ ।

बुद्ध एअरले २१औं वार्षिकोत्सवका अवसरमा कार्यक्रम गरी पब्लिक कम्पनीमा जाने र पोखराबाट अन्तर्राष्ट्रिय उडान सुरु गर्ने घोषणा गरेको हो ।

बुद्ध एअरले पब्लिक कम्पनीमार्फत् पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट पर्यटकलाई लक्षित गर्दै पहिलो चरणमा भारत तथा चीनका विभिन्न सहरमा अन्तर्राष्ट्रिय उडान गर्ने तयारी थालेको जनाइएको हो ।

बुद्ध एअरले पहिलो चरणमा ६० करोड रुपैयाँभन्दा बढी लगानीमा पोखराबाट अन्तर्राष्ट्रिय उडान गर्दै नाफामा जाने सम्भावना भएपछि सर्वसाधारणलाई ३० प्रशितशत सेयर जारी गर्ने योजना बनाएको जनाइएको छ ।

Share.

Leave A Reply