सिनर्जी एफ.एम.द्वारा लिङ्गेपिङ्ग निर्माण

0

असोज २४, ।दशैं र तिहार नजिकिँदै गर्दा सिनर्जी एफ एमले स्थानीयहरूका लागि लिङ्गे पिङ निर्माण गरेको छ । एफ एम नजिकैको खाली जग्गामा जनशीतल पथ टोल विकास संस्थासँग मिली श्री सशस्त्र प्रहरी बलको प्राविधिक सहयोगमा पिङ्ग निर्माण गरिएको हो । चार वटा बाँसका लिंगाहरूलाई ठड्याएर एक अर्कासँग बाँधी लिङ्गे पिङ बनाउने गरिन्छ । परम्परागत पिङ्गलाई आधुनिक पिङ्गले प्रतिस्थापन गर्न लागेको र लिङ्गे पिङ्ग निर्माण गर्नेहरू कम हुन थालेको प्रति संस्कृति प्रेमीहरूले चिन्ता व्यक्त गर्न थालेका छन् ।

Share.

Leave A Reply