play_circle_outline On Air

भजन माला

play_circle_outline On Air

भजन माला

धादिङमा बस दुर्घटना हुदा ७ जना घाईते,एकको अवस्था गम्भीर

0

नीलकण्ठ नगरपालिका –१०, थुम्कीमा बस पल्टिँदा ७ जना घाइते भएका छन् ।घाइतेमध्ये सिद्धलेक गाउँपालिका –२, का २२ वर्षीय शिव कसाईको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक डम्बरबहादुर विकले बताउनुभयो । धादिङबेशीबाट आरुघाट सल्यानटार जाँदै गरेको अवस्थामा ना ४ ख ५६३९ नम्वरको बस अनियन्त्रित भई बस पल्टेको उहाँले बताउनुभयो । दुर्घटनामा परि १८ वर्षीय अनिल अधिकारी, ६५ वर्षीय रामदोनी महतो, ३८ वर्षीय नन्दकिशोर महतो, ३० वर्षीय सतिश शर्मा लगायत ७ जना घाइते भएका हुन् । सवारी चालक फरार रहेकोे र खोजी कार्य भैरहेको उहाँको भनाई छ ।

Share.

Leave A Reply