play_circle_outline On Air

नेपालखबर

play_circle_outline On Air

नेपालखबर

भद्रकाली माविले गर्यो पूर्व अध्यक्ष तथा चन्दादातालाई सम्मान

0

अशोज २३ । रत्ननगर १६ मा रहेको भद्रकाली माविले विद्यालयको शैक्षिक गुणस्थर विकास र भौतिक पूर्वाधार निर्माणमा सहयोग गर्ने विभिन्न व्यक्तिहरुलाई मंगलवार सम्मान गरेको छ । विजया दशमीको अबसर पारेर विद्यालयमा औपचारिक कार्यक्रमको आयोजना गरी विद्यालयको शैक्षिक तथा भौतिक विकासमा योगदान पु¥याएका पूर्व अध्यक्ष तथा चन्दादाताहरुलाई सम्मान गरेको हो । कार्यक्रममा ११ जना पूर्व अध्यक्ष र ९ जना चन्दादातालाई सम्मान गरिएको विद्यालयका प्रधानाध्यापक रामचन्द्र घिमिरेले जानकारी दिए । कार्यक्रमकी प्रमुख अतिथि रत्ननगर नगरपालिकाकी उपमेयर विमला दुवाडी र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा वडा नं १६ का वडाध्यक्ष हेमराज थापाले पूर्व अध्यक्ष तथा चन्दादाताहरुलाई दोसल्ला र सम्मानपत्रले सम्मान गरेका थिए । सो अबसरमा उपमेयर दुवाडीले नगरको शिक्षाको विकासको लागि नगरपालिकाले सामुदायिक विद्यालयको स्तर उन्नती र प्राविधिक शिक्षा सुरु गरेको बताइन । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष थापाको अध्यक्षतामा भएको थियो ।

Share.

Leave A Reply