play_circle_outline On Air

सिनर्जी हेडलाईनस

play_circle_outline On Air

सिनर्जी हेडलाईनस

रत्ननगरलाई तरकारी पकेट क्षेत्र बनाइने

0

अशोज २३। रत्ननगर नगरपालिकालाई तरकारी उत्पादनको पकेट क्षेत्रको रुपमा विकास गरिने भएको छ । तरकारी पकेट क्षेत्र वनाउन गर्नुपर्ने कामका लागि नगरपालिका र सहकारी बजार विकास कार्यक्रमबीच मंगलवार सम्झौता भएको छ । रत्ननगर नगरपालिकाका मेयर नारायण वन र सहकारी बजार विकास कार्यक्रमका राष्ट्रिय कार्यक्रम प्रबन्धक सुमन शेखर मानन्धरले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । कार्यक्रम सुरु भएपछि नगरलाई तरकारी पकेट क्षेत्रको रुपमा विकास गर्न तरकारी उत्पादनदेखि संकलन केन्द्र,बजार सञ्चालन देखि भण्डारण सम्मको काम हुने बजार विषय विज्ञ बन्दना अर्यालले जानकारी दिइन । नगर भित्रका उत्पादनमुलक सहकारीसंगको सहकार्य गरी कार्यक्रम गरिने अर्यालले बताईन । नगरपालिकाले ४ वटा सहकारीको छनौट गरी जिल्ला सहकारी संघ मार्फत सहकारी बजार विकास कार्यक्रमका पेस गर्नुपर्ने अर्यालले बताइन । नगरपालिकाले सहकारीको छनौट गरिसकेपछि तिहार लगतै काम सुरु हुने अर्यालले बताईन । मेयर नारायण वनले किसानको हितमा निम्ती हुने कामलाई नगरपालिका एकचित्त भएर सहयोग गर्न तयार रहेको बताए । कार्यक्रममा नगरपालिकाको तर्फबाट उपमेयर विमला दुवाडी,प्रमुख प्रशासकीय अधिकृत बाबुलाल रेग्मी,प्रशाशकीय अधिकृत संगम सापकोटा,प्रशक्ता सरस्वती लामा,कृषि प्रर्बधन समितिका संयोजक गोविन्द भट्टराई र सहकारी बजार विकास कार्यक्रमको तर्फबाट बजार विषय विज्ञ बन्दना अर्यालको सहभागिता रहेको थियो ।

Share.

Leave A Reply