play_circle_outline On Air

साप्ताहिक भेट

play_circle_outline On Air

साप्ताहिक भेट

१५ वर्षदेखि बेहोस बनाउँदै १४५ भन्दा बढी व्यक्तिलाई लुट्ने गिरोह पक्राउ

0

जिल्ला प्रहरी कार्यालय चितवनले विभिन्न बहानामा नागरिकलाई बेहोस बनाई लुटेर हिँड्ने गिरोहलाई पक्राउ गरी सार्वजानिक गरेको छ ।१५ वर्षदेखि निरन्तर यसैगरी लुट्दै आएका उनीहरुले १४५ भन्दा बढी व्यक्तिलाई बेहोस बनाई लुटेको स्वीकार गरेका छन् । कास्कीका ५६ वर्षीय कालु परियार(गोपाल) र मकवानपुरका ४९ वर्षीय हरि गोले पक्राउ परेका हुन् । उनीहरुले यात्राको क्रममा यात्रुसँग चिनजान गर्ने र चिया वा जुसमा झुक्याएर बेहोस बनाउने औषधि एटिभन टु एमजी मिसाएर खुवाउँदै बेहोस बनाउने गरेको पाइएको छ ।देशका १२ वटा सहरमा सवारी साधानमा यात्रा गर्ने यात्री, बोर्डरबाट नेपाल फर्कँदै गरेका नागरिकलाई उनीहरुले बढी लुटेको देखिएको छ । यात्राको क्रममा चिनजान नभएका व्यक्तिले दिएको खाने कुरा नखान, शंका लागेका व्यक्तिलाई घरमा बास नदिन, चाडवाडको समयमा सचेत भएर यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ । अनेक बहानामा लुटेराले लुटन सक्ने भएकाले सचेत रहन आग्रह गर्दै प्रहरी प्रमुख राठौरले कतै केही शंकास्पद अवस्थामा कोही भेटिए तत्काल प्रहरीलाई जानकारी गराउन पनि आग्रह गर्नुभएको छ ।

Share.

Leave A Reply