चितवनका थारु समुदायले यमोसा पर्व मनाउदै

0

सञ्जय चौधरी, चितवन, असोज,२३ ।
चितवनका थारु समुदायले दोश्रो ठुलो पर्व यमोसा अर्थात् (पितृ औंसी) मंगलबार (आज) देखि मनाउदैछन् । दिवंगत भएका आफन्तहरुको सम्झनामा मनाईने यो बर्षको छुट्टै महत्व रहेको छ । यमोसा पर्वमा थारु समुदायका सम्पूर्ण व्यक्तिहरुले पितृहरुलाई तर्पण गर्ने गर्दछन् । दसैंको घटस्थापनाको अघिल्लो दिनलाई यमोसा भनिन्छ । यमोसा पर्व दुई दिन धुमधामसँग मनाइन्छ । यमोसाको अघिल्लो दिनलाई मछुवारी (माछा मार्ने) भनिन्छ । यसदिन व्यक्तिगत वा सामूहिक रुपमा खोलानाला,नदी,ताल,पोखरी आदिमा घौका,जाल,डेली, कोइनी, ढडिया आदि सरसामान लिई माछा मार्ने चलन छ । माछा पनि मारेका थिए । आज यमोसाको दिन बिहानै पुरुषहरु आफूले देखेका दाभी (सिरु) काटी ल्याउँछन् । त्यसलाई केलाएर करिब एक हात लामो कुचो बनाइ धोइपखाली घर अगाडि गाईको गोबरले पोतेको ठाउँमा पिर्का वा कुर्सीमा सो सिरुको मुठा राखी पितृ स्थापना गरिन्छ । त्यसलाई थारु भाषमा (पहुनी बेठोइ) भनिन्छ । पहुनीलाई विभिन्न थरीका पूmलहरुले सिंगारिन्छ । घाम नलागोस् भनी छाता ओढाइन्छ । पहुनीको अगाडि ल्वाङ, सुकमेल, पान, सुपारी, सुर्ती, चुरोट, रक्सी र पानी राखेर यो पर्व मनाइछ । यो पर्व बुधवार बिहान समापन हुन्छ ।

 

यमोसा (पितृऔंसी)को परिचय

थारु जाति संस्कृति सम्पदा भरिपूर्ण भएको समुदाय हो । थारु जातिहरु वर्षभरीमा दर्जनौं पर्वहरु मनाउने गर्दछन् । प्रत्य पर्वहरुमा आफ्नै छुटै पहिचान,चिनारी अनि महत्व रहेको छ । यो पर्वहरुमध्ये यमोसा (पितृऔंसी) पर्व पनि एउटा ठूलो पर्व हो । यो पर्व चितवन अनि नवलपरासीको थारु समुदायले मात्रै मनाउने गर्दछन् । यो पर्व थारु समुदायले आफ्ना दिवंगत भएका पितृको सम्झनामा मनाउने गर्दछन् । वर्षमा मृत्यु भएको हजुरबुबा,हजुरआमा,आमा,बुबा सम्झिने गर्दछ अनि त्यही दिन औंसी पनि परेको हुनाले यो पर्वलाई पितृ आंैसी पनि भन्ने गरीन्छ । यो पर्व दसैंको घटस्थापनाको ठिक अगाडिको दिनमा पर्ने गर्दछ ।

यमोसा पर्व दुई दिन धुमधामले मनाउने गरिन्छ । यमोसाको अगाडिको दिनमा माछामार्ने गरिन्छ । त्यो दिनमा एक्लै अथवा समुहमा मिलेर ताल पोखरी नदिहरुमा घौंका,जाल,कोईनी,ढडिया,डेली सामानहरु लिएर माछा मर्न जाने चलन छ । अर्को दिन अर्थात आज मंगलवार यम्वासाक दिनमा बिहानैं पुरुषहरु आफूले देखेको सिरुको घाँस काटेर ल्याउने गर्दछन् । सिरुको घाँस राम्रोसँग निफनेर एक हाथ मुठा जति लामो कुचो बनाएर मुठा बाध्ने गर्दछन् । त्यो कुचोलाई राम्रौसँग पखालेर घरको अगाडि आँगनमा पिर्कामा राखेर कुचोको मुठो बसाउने गरिन्छ । यस्लाई पहुनी बसालेको भनिन्छ । पहुनीलाई घेरै किसिमको फुलमाला हालेर सजाईदिने गरिन्छ । पाहुनीलाई घाँम नलागोस भनेर छाँता ओढाउने पनि गरिन्छ । पाहुनीको अगाडि सुकमेल,सुपारी,रक्सी,चुरोट,सुर्ती राखिदिने गरिन्छ । त्यो दिन बिहानै साना बच्चा बच्चीदेखि लिएर बुढा बुढिसम्म सम्पूर्णले पहिले मृत्युभएका हजुरबुबा,हजुरआमा,बुबा,आमाहरुलाई सम्झेर कुश पानी चढाई सम्झी पानीले नुहाईदिने गरिन्छ । नुहाईसकेपछि सफालुगा लगाएर पाहुनीको अगाडि बसेर घरका सम्पूर्ण परिवार मिलेर अलिअलि पानी अनि रक्सीको थोपा चढाउने गरीन्छ । त्यस्पछि मात्रैे भात अनि अरु खानेकुरा खान मिल्ने गर्दछ ।

पहिला सुरुमा आफ्नो छोरीज्वाई अनि अन्य पाहुनालाई बोलाएर आदर सम्मानका साथ चौंरासी व्यञ्जन खुवाउने गरिन्छ । (यस्लाई पितरी बसालेको भनिन्छ) घरमा आएका पाहुनाहरुलाई खाना खुवाएर मात्रै आफु अनि घरका अन्य सदस्यहरु खाना खान बस्ने गरिन्छ । अनि केटीहरुले पाहुनाहरुलाई कपालमा तेल लगाएर काङ्गीयोले कपाल कोरिदिने गर्दछन् । त्यसपछि उल्टो नाङ्लोमा पानी हालेर पाहुनाहरुलाई पानी छर्किने गरिन्छ । यस्लाई पितपितराईन लखेटेको भनिन्छ । त्यो घरमा जोसुकै आएपनि त्यो दिनमा पाहुना आएको भन्ने गरिन्छ । अनि पाहुनालाई केहि खानेकुरा जस्तै रक्सी,जाँड,मासु भात,खुवाएर आदर सम्मानका साथ मात्रै बिदा गर्ने गरिन्छ । यमोसाको दिनमा पाहुनाहरुलाई पितृगणको रुपमा हेर्ने चलन छ । यस्तै खानपिन दिनभरी चलिरहन्छ । यता गाउँका सम्पूर्ण मानिसहरु एकैठाउँमा भेलाभई पिङ खेली रमाईलो गर्ने गरिन्छ । पहिले पहिले एउँटै ठूलो रुखमा पाँच छ ओटा पिङ हाली खल्ने गरिन्थ्यो । अनि केटाहरु साँझ पख गाउँको चोकमा गई सिरु घाँसले बाटेको डोरी म्वाढ्हा गाड्छन अनि बलिया बलिया मानिसहरुले त्यस्लाई उखाल्न कोसिस गर्ने गर्दछन । साँझ पख स–साना केटाकेटीहरु ग्रुप ग्रुपमा मिलेर सम्पूर्णको घर घरमा गई यमोसा खाने चलन छ । प्रत्यको घरमा धेरै किसीमको परम्परागत गीतहरु गाएर यमोसा खाने गर्दछन् । उनीहरुले गाउने थारु गीतहरुका केही अंश यसप्रकारका छन् –

गीत नं. १ डौली डौली मोदवा देले दबकाई

मोदहर्नीक मोदवा घुघल बाजे

बौरी बौरी मोदवा देले निसकाई

गीत नं. २ भन्साक लकर–तकर मजीघर छमाकरी,

कते गेल मैनामोती भात रचे याउरी, भात रचे याउरी

गीत नं. ३ पाता परैय गेल, भात परैय गेल,

दाली परैय गेल, मासु परैय गेल,

यौर परल गजमोती जेवहुँ सभरे,

गोतियवा–गोतिनिया मन चितलाई.

 

तर अब ती गीतहरु, ती म्वाढ्हा र पिङहरु, पितरी र पिलपित्रायनहरु, ती पाहुना पहुनी र हरु..सबै सबै लोप हुँदैछ । पछिल्लो समयमा यस्ता परम्परागत गीतहरु हराउदै गएको हुनाले आगामी दिनहरुमा यसको संरक्षण गर्न आवश्यक देखिएको छ ।

Share.

Leave A Reply