play_circle_outline On Air

तपाईको रोजाइ

play_circle_outline On Air

तपाईको रोजाइ

चितवनमा माओवादी केन्द्रले उम्मेदवारहरुको ढुङ्गो लगायो

0

बैशाख ०९,
चितवनसहित देशैभर नेकपा माओवादी केन्द्र आफ्नो उम्मेदवारहरुको घोषण गरेको छ । चितवनको ईच्छाकामना गाउँपालिकामा अध्यक्षमा प्रताप गुरुङ्ग र उपाध्यक्षमा सावित्रा सिल्वाल लाई घोषण गरेको छ । पूर्वी चितवनको कालिका नगरपालिकामा नगर ईन्चार्ज समेत रहेका रामध्वज डल्लाकोटीलाई मेयरमा र सविता लामालाई उमेयरमा घोषण गरेको छ ।
यस्तै महानगर र अन्य नगरपालिका दुई दिनमा नै मेयर र उपमेयर ढुङ्गो लाग्ने जिल्ला ईन्जार्च ईश्वरी भट्टराईले जानकारी दिए । भरतपुर महानगरको वडा नम्बर १३, १४, १५ र २९ बाहेक सबै वडाहरुमा उम्मेदवार घोषणा गरेको जिल्ला अध्यक्ष यमबहादुर परियारले बताए । यी चार वडामा निर्णय हुन केहि प्राविधिक कुराले अड्कीएको छ उनले भने, “हामीले स्थानिय वडाबाटै आएको सिफरिसका आधारमा उम्मेदवार घोषण गरेका हौँ । अन्य सिफारि नआएर अड्कीएको हो ।”
भरतपुर महानगरको एक समारोहकाबीच नेकपा माओवादी केन्द्रका केन्द्रिय अनुशासन आयोगका संयोजक अमिक शेरचनको प्रमुख आतिथ्यतामा जिल्ला अध्यक्ष परियारले आफ्ै उम्मेदवारको नाम वाचन गरी घोषण गरेका थिए ।

Share.

Leave A Reply