play_circle_outline On Air

आजको दिन

play_circle_outline On Air

आजको दिन

अमेरिकामा कार दुर्घटना, २० जनाको मृत्यु।

0

अमेरिकामा विवाहको कार दुर्घटना हुँदा २० जनाको मृत्यु भएको छ । दुर्घटनामा न्यूयोर्कको स्कोहारी शहरमा सो दुर्घटनामा १८ जनाको घटनास्थलमै र दुई जनाको उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा अन्य केही घाईते भएका छन् । न्यूयोर्क प्रहरीले घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भैरहेको जानकारी दिएको छ ।न्यूर्योकको राष्ट्रिय यातायात सुरक्षा बोर्डले ट्विटर मार्फत अनुसन्धानकर्ताहरुको टोली घटनास्थलमा पठाइसकिएको जनाएको छ। दुर्घटना कसरी भयो भन्ने खुलेको छैन । तर प्रतक्ष्यदर्शीले भने दुर्घटना गराउनमा दुई वटा गाडीहरु संलग्न रहेको बताएका छन् ।कार सडकभन्दा पर आएर दुर्घटनामा परेको उनीहरुको भनाई छ । प्रतक्ष्यदर्शीले लिएको तस्वीरमा कार सडकबाट चिप्लिएर रुखमा ठोक्किएको देखिएको छ ।

Share.

Leave A Reply