play_circle_outline On Air

लोकभाका

play_circle_outline On Air

लोकभाका

नारायणगढ बजारका पसलहरुको अनुगमन

0

बैशाख ०९,
आपुत्र्ती ब्यवस्थापन तथा उपभोक्ता हित संरक्षण बिभाग, आपुर्ती मन्त्रालय र जिल्ला प्रशासन कार्यालय चितवनको संयुक्त टोलीले नारायणगढ बजारका ३० वटा पसलहरुको अनुगमन गरेको छ । किराना पसल, अटो वर्क शप मासु पसल देखी होटल सम्म गरिएको अनुगमनका क्रममा बजारका ८ बटा ब्यापारिक प्रतिष्ठानहरु बन्द गराएको छ । टोलीले ४ वटा ओर्कसप १ वटा फिजियो थेरापी सेन्टर १ किराना पसल १ होटर र १ बटा सौलुन बन्द गराएको जिल्ला प्रशासन कार्यालय चितवनका बजार संरक्षण अधिकृत ओम नारायण शर्माले बताउनु भयो । अनुगमनका क्रममा बिना दर्ता सञ्चालन भएको भेटिएका राकेश जयसवाल किराना पसल, जयमा दुर्गा शैलुन, बाबा होटल,हेटौडा अटो वक्र्स, हिरा रेडी वाटर वर्कशप, अटोे गणेश वर्कशप,मोहन शर्माको फलाम पसल र नारायणी हेल्य केयर सेन्टर बन्द गराएको शर्माले बताउनु भयो ।
चितवन र नवलपरासिमा उपभोक्ता स्वास्थ्यमा चरम खेलवाड भई उपभोक्ताहरु ठगिएको गुनासाहरु बढेकाले बजार अनुगमन गरि ब्यवसायी लाई कानुनी दलायरामा ल्याई उपभोक्ता स्वास्थ्यको रक्षा गर्न आफुहरु आएको उपभोक्ता हित संरक्षण बिभागका शाखा अधिकृत पवन प्याकुरेलल बताउनु भयो । टोलीले चितवन र नवलपरासी जिल्लाका बिभिन्न क्षेत्रमा अनुगमन गर्ने छ । टोलीमा आपुर्ती मन्त्रालयका केन्द्रिय अनुगमन समिति सदस्य रामकुमार केसी, सम्झना पौडेल, बिभागका नायव सुब्बा दिलिप पौडेल , जिल्ला प्रशासन कार्यालय चितवनका बजार संरक्षण अधिकृत ओम नारायण शर्मा लगायत रहनु भएको छ । चितवनमा बिर्ना दर्ता सञ्चालनमा आएका वर्कशपहरुलाई कानुनी दायरामा ल्याउन आफुहरुले पटक पटक पहल गरेको र मन्त्रालयबाट अनुगमन हुनु सुखद भएपनि पहिलो चरणमै बन्द गराईनु दुखद भएको अटो मेकानिकल ब्यवसायी संघका जिल्ला अध्यक्ष बलराम भण्डारीले बताउनु भयो ।
यसैबिच बिभागले चितवनको कमलनगरमा सञ्चालनमा रहेको नारायणी हेल्थ केयर सेन्टरलाई बन्द गराएको छ । सरकारी मापदण्ड बिपरित सञ्चालनमा आएकोले त्यसलाई बन्द गराएको बिभागका शाखा अधिकृत पवन प्याकुरेलले बताउनुभयो ।
बिज्ञेन मेडिकल कोरियाबाट मान्यता प्राप्त कोरियान थेरापी प्रबिधि भित्राएर नेपालमा दर्ता बिनानै निशुल्क उपचारको नाममा बिरामीलाई मेसिन बेच्ने कार्य गरेको पाईएकाले बिभागको नेतिव्मा आएको टोलिले मान्यता प्राप्त नहुदा सम्मका लागी हेल्य केयर सेन्टर बन्द गर्न निर्देशन सहितको पत्र बुझाएर सटर बन्द गराएको जिल्ला प्रशासन कार्यालय चितवनका बजार संरक्षण अधिकृत ओम नारायण शर्माले बताउनु भयो ।

Share.

Leave A Reply