play_circle_outline On Air

भजन माला

play_circle_outline On Air

भजन माला

स्पेनिस ला लिगामा पहिलो स्थानको बार्सिलोना दोस्रो स्थानमा झर्‍याे

0

असोज २२, स्पेनिस ला लिगाका अन्तर्गत आइतबार राति भएको खेलमा भ्यालेन्सियासँग बराबरीमा रोकिएपछि बार्सिलोना दोस्रो स्थानमा झरेको छ । ला लिगामा लगातार खराब प्रदर्शन गर्दै आएको बार्सिलोनाको यो चार खेलमा तेस्रो बराबरी हो । पछिल्लो चार खेलमा बार्सिलोनाले तेस्रो बराबरी तथा एक हारको नतिजा निकालेको छ । भ्यालेन्सियाको मैदानमा भएको खेलमा लियोनेल मेसीले बराबरी गरेपछि बार्सिलोनाले गुमाइसकेको खेलबाट अंक खोसेको हो ।खेलको दोस्रो मिनेटमा नै इजिक्वेल गेराईले गोल गर्दै भ्यालेन्सियालाई अग्रता दिलाएका थिए । २३औं मिनेटमा मेस्सीले गोल गर्दै खेल बराबरीमा पुर्‍याए । उनले स्वारेजको पासमा गोल गरेका थिए । बाँकी समयमा गोल हुन नसक्दा बार्सिला्ेनाले शीर्ष स्थानमा उक्लिने मौका गुमाएको छ । बार्सिलोना आठ खेलबाट १५ अंक सहित दोस्रो स्थानमा छ । पछिल्लो चार खेलमा लगातार जित हात पार्दै सेभिया भने शीर्ष स्थानमा उक्लिएको छ । सेभियाले आफ्नो मैदानमा सेल्टा डि भिगोलाई २–१ ले हरायो

Share.

Leave A Reply