play_circle_outline On Air

हालखबर

play_circle_outline On Air

हालखबर

ब्राजिलको राष्ट्रपतीय चुनावको पहिलो चरणमा उग्र दक्षिणपन्थी उम्मेदवार विजयी

0

२२ असोज, ब्राजिलको राष्ट्रपतिका लागि भएको पहिलो चरणको निर्वाचनमा उग्र दक्षिणपन्थी (फार–राइट) उम्मेदवार जैर बोल्सोनारु विजयी भएका छन् ।वामपन्थी वर्कर्स पार्टीका उम्मेदवार फर्नान्डो ह्याडेगलाई पछि पार्दै बोल्सोनारु विजयी भएका हुन् । तर निर्वाचनका लागि आवश्यक ५० प्रतिशत मत ल्याउन भने बाल्सोनारु चुकेका छन् ।पहिलो चरणमा भएको निर्वाचनको लगभग सबै मत गणना भइसक्दा बोल्सोनारुले ४६ प्रतिशत मत हासिल गरेका छन् भने उनका प्रष्तिपर्धी फर्नान्डो २९ प्रतिशतमा सीमित भएको बीबीसीले जनाएको छ ।आवश्यक ५० प्रतिशत मत हासिल गर्न दुवै उम्मेदवार असफल भएपछि ब्राजिलमा अब अक्टुबर २८ मा दोस्रो चरणको निर्वाचन तय भएको छ ।

Share.

Leave A Reply