play_circle_outline On Air

साप्ताहिक भेट

play_circle_outline On Air

साप्ताहिक भेट

यु १८ साफ च्याम्पियन्ससिपको उपाधि बंगालदेशलाइ, १-० ले पराजित भएको नेपाल उपविजेता

0

असोज २१,नेपाल यू १८ महिला साफ च्याम्पियन्सिप फुटबलमा उपविजेता भएको छ । फाइनलमा बंगलादेशसँग १–० गोल अन्तरले पराजित भएपछि नेपाल उपविजेतामा सीमित भएको हो ।पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा बंगलादेशले दोस्रो हाफको सुरुवातमै गोल गरेको थियो । ४९ औं मिनेटमा बंगलादेशका लागि मोउसिरा प्रविनले गोल गर्दै टिमलाई अग्रता दिलाएकी थिइन् । त्यसपछि निर्धारित समय भित्र नेपालले गोल फर्काउन नसकेपछि बंगलादेशको एक मात्र गोल नै निर्णायक भयो ।
समूह चरणको खेलमा पनि बंंगलादेशसँग नेपाल पराजित हुँदै उपविजेताका रुपमा सेमिफाइनलमा पुगेको थियो । सेमिफाइनलमा पेनाल्टी सुट आउटमा भारतलाई पाखा लगाउँदै फाइनल पुगेको नेपाल उपविजेतामा सीमित हुन बाध्य भयो । यस्तै आजै भएको तेस्रो स्थानको खेलमा भुटानमाथि भारतले १–० को जित निकालेको थियो ।

Share.

Leave A Reply