play_circle_outline On Air

आजको दिन

play_circle_outline On Air

आजको दिन

अन्तर्राष्ट्रिय प्रहरी निकाय इन्टरपोलका चिनियाँ प्रमुख मेङ बेपत्ता,

0

अशोज २०, अन्तर्राष्ट्रिय प्रहरी निकाय इन्टरपोलका चिनियाँ प्रमुख मेङ होङ्वेई बेपत्ता भएका छन् ।इन्टर्पोलको फ्रान्सस्थित मुख्यालयबाट गत हप्ता चीन गएका मेङ उनको परिवारको सम्पर्कमा नपुगेपछि फ्रान्सले खोजी सुरु गरेको छ ।तर फ्रान्सले उनी आफ्नो मुलुकबाट नहराएको दाबी गरेको छ । ६४ वर्षीय मेङ चिनियाँ कम्युनिस्ट पार्टीका वरिष्ठ अधिकारीसमेत हुन् ।मेङ बेपत्ता भएको भन्दै उनकी पत्नी प्रहरीको सहयोग लिन पुगेपछि अनुसन्धान थालिएको हो ।इन्टरपोलले एक विज्ञप्ति जारी गर्दै मेङ बेपत्ता भएको भन्ने कुराबारे जानकारी भएको र अनुसन्धान सुरु गरिएको स्पष्ट पारेको छ । यो विषय फ्रान्स र चीनका सम्बन्धित निकायको चासो भएको उसले जनाएको छ ।
सन् २०१६ मा इन्टर्पोलमा अध्यक्ष निर्वाचित हुनुभन्दा अघि उनी चीन सरकारमा सार्वजनिक सुरक्षा मामिलाका भूतपूर्व उपमन्त्री थिए ।उनी इन्टर्पोलमा निर्वाचित भएपछि मानवाधिकारवादी समूहहरूले भिन्न राजनीतिक मत राखेर चीन छोडेकाहरूलाई उनीमार्फत् खोज्न चीनलाई सहयोग पुग्न सक्ने भन्दै टिप्पणी गरेका थिए । तर मेङले संसारभरि प्रहरीलाई बलियो बनाउन काम गर्ने बताएका थिए ।(एजेन्सी)

Share.

Leave A Reply