play_circle_outline On Air

तपाईको रोजाइ

play_circle_outline On Air

तपाईको रोजाइ

जिल्ला लिग फुटबलः नारायणी फुटबल क्लब र रामपुर अर्को चरणमा

0

बैशाख ०८,
नारायणगढको क्याम्पाचौरमा जारी जिल्ला लिग फुटबल अन्तर्गत आज भएका खेलहरुमा नारायणी फुटबल क्लब र सौराहा युवा समाज विजयी भएका छन् ।
आजको पहिलो खेलमा नारायणी फुटबल क्लबले यात्रा गु्रप भरतपुरलाई २–१ ले पराजित गरेको हो । खेलको पहिलो हाफको २९ औं मिनेटमा सुदिप परियारको गोल मार्फत अग्रता लिएको नारायणीका लागि दोस्रो हाफको तेस्रो मिनेटमा अजय गुरुङले गोल गर्दै अग्रता दोब्बर पारे । यात्रा ग्रुपका लागि कृष्ण घर्तिले दोस्रो हाफको १७ औं मिनेटमा सान्तवना गोल गरे ।
यस्तै लिग अन्तर्गत आज भएको दोस्रो खेलमा सौराहा युवा समाजले रामपुर फुटबल क्लबलाई १–० गोल अन्तरले हराएको छ । निकै नै प्रतिस्पर्धात्मक खेलमा सौराहाका लागि सुरेश कुमालले एकमात्र विजयी गोल गरेका हुन् । उनले खेलको दोस्रो हाफको २८ औं मिनेटमा गोल गर्दै टिमलाई जित दिलाए ।
आजको जित सँगै नारायणी फुटबल क्लब समुह विजेता बन्दै अर्को चरणमा प्रवेश गरेको छ । आजको खेलमा पराजित भएपनि रामपुर फुटबल क्लब समुह उपविजेता बन्दै अर्को चरणमा प्रवेश गरेको छ ।
अब लिग अन्तर्गत भोली हुने पहिलो खेलमा मुग्लिन फुटबल क्लब र जयमंगला फुटबल क्लब भिड्दैछन् । भोली नै हुने दोस्रो खेलमा एभरेष्ट क्लब बसेनी र बसन्तपुर युनाईटेड माडी आमनेसामने हुनेछन् ।

Share.

Leave A Reply