play_circle_outline On Air

लोकभाका

play_circle_outline On Air

लोकभाका

मालपोत कार्यालय चितवनमा कार्यरत दुई कर्मचारी र एक लेखनदासघुस लिएको आरोपमा पक्राउ

0

वैशाख ८ – मालपोत कार्यालय चितवनमा कार्यरत दुई जना कर्मचारी र एक जना लेखनदास घुस लिएको आरोपमा पक्राउ परेका छन् । मालपोत कार्यालयका नायव सुब्बा मनोज निरौला, कम्प्युटर प्राविधिक प्रदिप शर्मा पोडेल सेवा ग्राहीसँग घुस लिएको आरोपमा पक्राउ परेका हुन् । उनीहरुसँगै लेखनदास गर्दै आएका फणिन्द्रराज तिवारी पनि पक्राउ परेका छन् ।

जिल्ला प्रशासन कार्यालय र प्रहरीको संयुक्त टोलीले उनीहरुलाई मालपोत कार्यालयबाटै पक्राउ गरेको हो । मालपोत कार्यालयमा मुद्धा फाटमा काम गर्ने निरौला र कम्पयुटर फाटमा काम गर्ने शर्माले सेवा ग्राहीको काम मिलाई दिने भन्दै ६ हजार रुपैयाँ घुस लिएपछि प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख दीपक थापाले बताउनुभयो ।

लेखनदास तिवारीले सेवाग्राहीसँग घुस लिएर कर्मचारीलाई बुझाएका थिए । मृत्यु भएका बुबाको नाममा रहेको जग्गा आमाको नाममा नामसारी गर्न आउदा लेखनदासदेखि कम्पयुटर फाट, मुद्धा शाखामा समेत रकम मागेर दुख दिएपछि बाध्य भएर प्रहरीलाई उजुरी गरेको इच्छाकामना गाउपालिका–६ का बिर्खलाल गुरुङले बताउनुभयो । सुरुमा १० हजार रुपैयाँ मागेपनि ६ हजार रुपैयाँ घुस काम गर्न लागेको बेला उनीहरुलाई पक्राउ गरिकएको हो ।

Share.

Leave A Reply