भरतपुरमा विप्लवको कार्यक्रममा प्रहरीको हस्तक्षेप, स्थिति तनावग्रस्त

0

बैशाख ०७,
नेपाल कम्युनिष्ट पार्टीले चितवनको भरतपुरमा आयोजना गरेको सभामा प्रहरीले हस्तक्षेप गरेको छ । नारायणगढबार्ट याली सुरु भई चौविसकोठीमा भएको सभामा निर्वाचन विरोधी भाषण भइरहेकै समयमा प्रहरीले हस्तक्षेप गरेको हो ।
प्रहरीको धरपकडमा नेपाल कम्युनिष्ट पार्टीका सदस्य चितवन अमृतनगरका कृष्ण प्रसाद पौडेल घाइते हुनुभएको छ । उहाँको उपचार भइरहेको छ । सभामा भाषण सुरु हुने वित्तिकै प्रहरीले तितरवितर पारेको थियो ।
प्रहरीले कार्यक्रम विथोल्न खोजेपछि केही वेर दुवै पक्षविच तनाव भएको थियो । कार्यक्रमस्थल वरपर अहिले पनि नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता बसिरहेका छन् । प्रहरीको पनि बाक्लो उपस्थिीती रहेको छ । अहिले त्यहाँको स्थिति तनावपुर्ण रहेको छ ।

Share.

Leave A Reply