play_circle_outline On Air

तपाईको रोजाइ

play_circle_outline On Air

तपाईको रोजाइ

नारायणगढ–मुग्लिन सडक विस्तारमा विस्फोट गर्न नपाईने

0

बैशाख ०७,
नारायणगढ–मुग्लिन सडकखण्डको मुग्लिनतर्फको भागमा भित्तो काट्न कठिन भएपछि ठेकेदार कम्पनीले पहाड विस्फोटका लागि अनुमति माग गरेकोमा परामर्श दाता कम्पनीले दीर्घकालीन रुपमा असर पर्ने भन्दै अस्वीकार गरेको छ ।
यो सडक निर्माणको परामर्श दातामा भारत, कोरिया र नेपालका तीन कम्पनी रहेका छन् । आइसिटी इन्डिया इनजेभी विथ सुरुङ इङ्ग कोरिया इन एसोसिएसन विथ एफविसी नेपालले परामर्श दाताको रुपमा सो सडक हेर्दै आएको छ । निर्माण कम्पनीले परामर्शदातामार्फत आयोजनामा प्रस्ताव राख्ने गर्दछन् ।
यो प्रस्तावलाई परामर्श दाता कम्पनीले थप समस्या हुनसक्ने भएकाले विस्फोटभन्दा अन्य विकल्प खोजी गर्न सुझाएको हो । पत्रमा विस्फोट गर्नै पर्ने थप कारण खुलाउन भनिए पनि आशय भने अन्य प्रविधिको प्रयोग गरेर काट्नुको विकल्प नरहेको जनाएको छ ।
विस्फोट गर्दा पहाडको अन्य भाग पनि चर्किने र पछिसम्म पहिरो खसिरहने समस्या अन्य सडकमा पनि रहेको नारायणगढ मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालले बताउनुभयो । सुरुको सम्झौतामा विस्फोटका कुरा उल्लेख नभएपछि निर्माण कम्पनीले परामर्श दाता कम्पनीसँग सो आग्रह गरेको उहाँले बताउनुभयो ।
यो सडकखण्डको नारायणगढको पुलचोकबाट मुग्लिनतर्फ ३३ दशमलव ६३० किलोमिटरदेखि १०० मिटर लम्बाइ क्षेत्रमा पहाड काट्न निकै कठिन भएको भन्दै विस्फोटका लागि अनुमति माग गरिएको थियो ।

Share.

Leave A Reply